२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङमा ४७ सहित प्रदेश १ मा थपिए १ सय १२ संक्रमित

मोरङमा ४७ सहित प्रदेश १ मा थपिए १ सय १२ संक्रमित


विराटनगर– मोरङमा ४७ जनासहित प्रदेश १ मा १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ सय १२ जना कोरोना संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमितमध्ये मोरङका ४७ जना, सुनसरीका २४ जना, झापा र धनकुटाका १९–१९ जना, संखुवासभाका २ जना र प्रदेश १ बाहिरका १ जना रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, विराटनगरमा शनिबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये महिला १० जना र पुरुष ११ जना रहेका छन् । मन्त्रालयका अनुसार मोरङको कटहरीका ६ महिला ९ पुरुष, पथरी शनिश्चरेका ७ पुरुष, सुन्दरहरैचाका १ महिला १ पुरुष, बेलबारी र सुनबर्षीमा १–१ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

सुनसरीको इटहरीका २ महिला ७ पुरुष, दुहवीका ३ महिला ६ पुरुष, धरानका २ महिला ४ पुरुष, झापाको दमकका ७ महिला ९ पुरुष, झापा गाउँपालिकाका १ महिला २ पुरुष, धनकुटाको धनकुटा नगरपालिकाका १ महिला १८ पुरुष, संखुवासभाको खाँदबारीका २ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार २ सय १६ पुगेको छ ।

प्रदेश १ बाट पछिल्लो २४ घन्टामा ९ जना डिस्चार्ज भएका छन् । झापा मेचीनगरको धाइजन आईसोलेसन केन्द्रबाट ९ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय २५ पुगेको छ ।

प्रदेश १ मा पछिल्लो २४ घन्टामा १ हजार २ सय २० जनाको पिसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३४ महिला र ७८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म ८६ हजार ४ सय २२ जनाको पिसीआर परीक्षण गरिएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ