२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा काेराेना संक्रमितको संख्या एक हजार नाघ्यो, कुन वडामा कति ?

विराटनगरमा काेराेना संक्रमितको संख्या एक हजार नाघ्यो, कुन वडामा कति ?


विराटनगर– प्रदेश १ को राजधानी विराटनगरमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । आइतबारसम्म विराटनगर महानगरपालिका भित्र संक्रमितको संख्या १ हजार ९ जना पुगेको हो ।

त्यसो त यतिबेला विराटनगरमा कोरोनाको उच्च जोखिम (हटस्पट) बनेको छ । समुदायस्तरमा कोरोना भाइरस फैलिएपछि विराटनगरसहित मोरङ जिल्लाभर भदौ १५ गतेसम्म निषाधाज्ञा जारी गरिएको छ ।

सरकारले २ सयभन्दा बढी सक्रिय कोरोना भाइरस (कोभिड—१९) संक्रमित रहेका जिल्लाहरुलाई अति उच्च जोखिम क्षेत्रमा रुपमा राखेको छ । सरकारको मापदण्डअनुसार विराटनगरलाई उच्च जोखिममा परेको छ । आइतबारसम्म महानगरपालिका भित्र १ हजार ९ संक्रमित मध्ये सबैभन्दा बढी विराटनगर १२ वडामा भित्र रहेको छ ।

सो वडाभित्र संक्रमितको संख्या १ सय २६ पुगेको छ । प्रदेश प्रहरी र सशस्त्र प्रहरी गण १ नम्बर प्रदेश कार्यालय रानी विराटनगर यही वडामा पर्ने भएकोले यस वडा संक्रमित देखिएको वडाअध्यक्ष हिरालाल कामतले बताए । अहिले देखिएको संक्रमित मध्ये अधिकांश प्रदेश प्रहरी कार्यालय भित्रका प्रहरीमा देखिएको छ । स्थानीयमा कम संख्यामा संक्रमण देखिएको अध्यक्ष कामतको भनाई छ ।

यस्तै विराटनगर वडा नम्बर ६ मा १ सय ५ जना संक्रमित छन् । साथै, एकजना कोरोना संक्रमितको होम आइसोलेसनमा मृत्यु पनि भइसकेको छ । विराटनगर ८ मा ७९ जना संक्रमित छन् भने दुई जनाको मृत्यु भइसकेको छ । यस्तै विराटनगर १ मा ३१ जना, विराटनगर २ मा ६४ संक्रमित छन् । २ नम्बर वडामा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।

यसैगरि विराटनगर ३ मा ६९ जना, विराटनगर ४ मा ३४ जना ५ मा ५७ जना संक्रमित छन् । विराटनगर ५ मा एकजना पुरुषको मृत्यु भइसकेको छ । यस्तै विराटनगर ७ मा ४५ जना, विराटनगर ९ मा ७७ जना संक्रमित पुगेका छन् । विराटनगर ९ को गुद्रीको दुई जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ ।

विराटनगर १० मा ३७ जना, ११ मा ६८ जना संक्रमित पुगेका छन् । वडा नम्बर ११ मा १ जना कोरोना संक्रमित महिलाको मृत्यु भइसकेको छ । विराटनगर १३ मा २२ जना, १४ मा १९ जना, १५ मा ५४ जना संक्रमित पुगेका छन् । १५ नम्बर वडामा एक जना कोरोना संक्रमित युवाको मृत्यु भएको छ । यस्तै विराटनगर १६ मा २८ जना, १७ मा २६ जना, १८ मा ४ जना र १९ वडामा शुन्य संक्रमित छन् ।

१९ वडामा अहिलेसम्म संक्रमित भेटेको छैन । वडा नखुलेको ६३ र १ जना संक्रमित विराटनगर बाहिरको रहेको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश क्षेत्रीले जानकारी दिए । हालसम्म ३ सय ८९ जना कोरोना संक्रमित निको भएको महानगरपालिकाको अभिलेखमा उल्लेख छ ।

३२ जना कोरोना संक्रमितको मृत्यु

सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगरमा १२ सहित प्रदेश १ मा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । जसमध्ये ९ जना प्रदेश २ का रहेका छन् । २३ जना प्रदेश १ का रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ का मृत्यु हुनेमा १७ पुरुष र पाँच जना महिला छन् । सुनसरीमा २ जना महिला सहित तीन जना पुरुष गरि पाँच जना, झापाको दमकमा १ पुरुष, मोरङको पथरीका १, बुढीगंगा गाउँपालिका २, रंगेली र सुनवर्षी नगरपालिकाका १÷१ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ