२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा थप ५६ जनामा कोरोना पुष्टि, ५४ जना डिस्चार्ज

प्रदेश १ मा थप ५६ जनामा कोरोना पुष्टि, ५४ जना डिस्चार्ज


विराटनगर– प्रदेश १ मा सोमबार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५६ जनामा कोरोना पुष्टि भएको हो ।

जसमध्ये, सुनसरीका २६ जना, मोरङका १७ जना, संखुवासभाका ९ जना र झापाका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, विराटनगरमा ११ जना संक्रमित थपिएका छन् । जसमध्ये ५ महिला र ६ पुरुष रहेका छन् । सुनसरीको धरानमा ६ महिला १४ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्ज र इनरुवामा १–१ पुरुष, इटहरीमा १ महिला, मोरङको लेटाङमा १ महिला ४ पुरुष र बुढीगंगामा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयका अनुसार संखुवासभाको खाँदबारीका १ महिला ८ पुरुष, झापाको कमलगाउँपालिकामा २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय ६७ पुगेको छ ।

प्रदेश १ बाट आज ५४ जना डिस्चार्ज भएका छन् । वी.जेनरल आईसोलेसन केन्द्र, हरिनगर सुनसरीबाट ३२ जना, इलाम अस्पताल आईसोलेसन केन्द्र, इलामबाट १८ र होम आईसोलेसनबाट ४ जनामा कोरोना निको भएका छन् । । हाल सम्म १ हजार ५ सय ८९ जना कोरोना मुक्त भएका छन् ।

प्रदेश १ मा आज १ हजार ३ सय ९२ जनाको कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १७ महिला र ३९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा हालसम्म ८८ हजार ९ सय ९० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ