२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा २ सय २२ जनामा काेराेना पुष्टि

प्रदेश १ मा २ सय २२ जनामा काेराेना पुष्टि


विराटनगर– प्रदेश नम्बर १ मा २ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये मोरङमा १२६ जना, सुनसरीमा ५८ जना, झापामा २९ जना, इलाममा ३ जना, धनकुटामा १ जना र प्रदेश १ बाहिरका ५ जना रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १ सय ५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५५ महिला र ५० पुरुष छन् । मोरंगको बुढीगंगामा ५ जना, पथरी शनिश्चरेमा ४ जना, सुन्दरहरैचामा ३ जना, सुनबर्षी, लेटाङ र जहदामा २–२ जना, केराबारी, रंगेली र बेलबारीमा १–१ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, सुनसरीको धरानमा ३३ जना, इटहरीमा १२ जना, इनरुवामा ७ जना, बराहक्षेत्रमा ३ जना, बर्जु, गढी र दुहवीमा १–१ जना, झापाको दमक र विर्तामोडमा ६–६जना, कन्काईमा ५ जना, मेचीनगरमा ४ जना, बुद्धशान्ति र भद्रपुरमा २–२ जना, हल्दीबारी र शिवसताक्षीमा १–१ जना र स्थानीय तह नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ ।

इलामको इलाम, माई र चुलाचुलीमा १–१ जना, धनकुटामा १ जना र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार १ सय ७५ पुगेको छ ।

प्रदेश १ पछिल्लो २४ घन्टामा ३२ जना डिस्चार्ज भएका छन् । होटल एशियाटिक आईसोलेसनबाट १४ जना, विराट मेडिकल कलेजबाट ९ जना, न्युरो अस्पतालबाट ५ जना, मेची अस्पतालबाट ३ जना, कोभिड–१९ आईसोलेसन केन्द्र रंगेलीबाट १ जना डिस्चार्ज भएका हुन् । योसँगै डिस्चार्ज हुनेको संख्या १० हजार ८ सय ५० पुगेको छ ।

प्रदेश १ मा पछिल्ला २४ घन्टामा ८ सय ३ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म प्रदेश १ का १ लाख ५९ हजार ७ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ