२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा एकै दिन ६ जना कोरोना संक्रिमतको मृत्यु

विराटनगरमा एकै दिन ६ जना कोरोना संक्रिमतको मृत्यु


विराटनगर–विराटनगरमा एकै दिन ६ जना कोरोना संक्रिमतको मृत्यु भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

विराटनगरको नोबेल मेडिकल कलेजमा ४ जना, विराट मेडिकल कलेजमा १ जना र म्याक्स अस्पतालमा १ जनाको मृत्यु भएको हो ।
नोवेलमा उर्लाबारी– १ की ६६ वर्षीय महिला, सुनसरी ईटहरीका ४२ वर्षीय पुरूष, झापा विर्तामोडका ७५ वर्षीय पुरुष र सुन्दरहरैचा नगरपालिका १० की ६९ वर्षीया महिलाको मृत्यु भएको छ । नोबेल अस्पतालका प्रवन्धक नारायणप्रसाद दाहालले उनीहरुको मृत्यु भएको पुष्टि गरे ।

कात्तिक १२ गते भर्ना भएका विर्तामोडका वृद्धलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो। निमोनियाको समस्या देखिएका उनको शनिबार बिहान १२ः३० बजे मृत्यु भएको हो ।

सुन्दरहरैचा नगरपालिका १० की ६९ वर्षीय महिलालाई १० गते कोरोना पोजेटिभ देखिएपछि नोबेलमा भर्ना भएकी थिइन् । उनको बिहान करिब ३ बजे मृत्यु भएको दाहालले जानकारी दिए ।

नोबेलमा मृत्यु भएका उर्लाबारी नगरपालिका १ की ६६ वर्षीया महिलालाई १३ गते अस्पताल भर्ना गरिएको थियो । पीसीआर जाँच गर्दा सोहि दिन कोरोना पोजेटिभ देखिएकी उनको उपचारका क्रममा बिहान करिब ५ बजे मृत्यु भएको हो ।

त्यस्तै सुनसरी इटहरीका ४३ वर्षीय पुरुषको नोबेल मेडिकल कलेज अगाडी एम्बुलेन्समै मृत्यु भएको थियो । कोरोना पुष्टि भएपछि उपचारका लागि अस्पतालमा भर्ना गर्नुअघि नै उनको मृत्यु भएको हो ।

यसैगरी विराट मेडिकल कलेजमा विराटनगर नगरपालिका ३ का ६५ बर्षीय पुरूषको शनिबार विहान ८ः३० बजे मृत्यु भएको छ । उनी कात्तिक ६ गते भर्ना भएका थिए ।

विराटनगरकै म्याक्स हस्पिटलमा शनिवार विहान उदयपुरकी ४२ वर्षीया महिलाको मृत्युु भएको छ । शुक्रबार साँझ अस्पताल भर्ना भएकी उनको शनिबार बिहान करिब ७ बजे मृत्यु भएको म्याक्स हस्पिटलले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ