२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १पैसा तिर्न नसकेपछि कोरोनाबाट मृत्यु भएका एक पुरूषको शव तीन दिनदेखि अस्पतालमै

पैसा तिर्न नसकेपछि कोरोनाबाट मृत्यु भएका एक पुरूषको शव तीन दिनदेखि अस्पतालमै

अस्पताल भन्छ: छुट दिएर न्युनतम शुल्क मात्र मागेका हौं


विराटनगर– विराटनगरस्थित विराट शिक्षण अस्पतालमा कोरोना संक्रमणका कारण मृत्यु भएका एकजना पुरुषको शव दुईदेखि अस्पतालमा रहेको छ । उपचारका क्रममा मृत्यु भएका कोरोना संक्रमित पुरुषको उपचारमा लागेको खर्च बुझाउन नसक्दा शव अस्पतालमै रहेको हो ।

विराटनगर – ३ का ६५ वर्षिय पुरूषको कोरोना संक्रमणका कारण शनिबार बिहान मृत्यु भएको थियो । मृत्यु भएको तीन दिन बितिसक्दा पनि हस्पिटलले तोकेको ३ लाख ८३ हजार ९ सय ३५ रूपैयाँ मृतकका आफन्तले बुझाउन नसक्दा शव अस्पतालले आफन्तलाई नदिएको हो ।
अस्पतालले १० दिनको उपचार खर्च ५ लाख ८३ हजार रुपैयाँ बिल उठाएको मृतकका छोरीले बताइन् ।

१ लाख रुपैयाँ तिरिसकेकोले हस्पिटलले केही रकम छुट दिएर अहिले ३ लाख ८३ हजार ९ सय ३५ रूपैयाँ बुझाए मात्र शव लैजान दिने भन्दै आएको उनले सुनाइन् ।

कात्तिक ४ गते कोरोना पुष्टि भएका ती पुरूषमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक ६ गते अस्पताल भर्ना गरिएको थियो । उनलाई आइसीयूसहितको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा कात्तिक १५ गते बिहान करिव ८ बजे उनको मृत्यु भएको थियो । बुवाको उपचारमा लागेको पैसा नतिरिकन शव नदिएको मृतकका कान्छी छोरीले बताइन् ।

‘ऋण खोजेर १ लाख रूपैयाँ अस्पताललाई बुझायौं,’ उनले भनिन्, ‘अस्पतालले अझै ३ लाखभन्दा बढी पैसा माग्दै आएको छ । हामीसँग अहिले एकसुक्का पैसा छैन । यत्रो पैसा कहाँबाट ल्याउनु ?’ उनका अनुसार अस्पताल भर्ना गर्दा अस्पतालमा एक लाख रुपैयाँ डिपोजिट गरिएको थियो । घरमा भएको पैसा औषधि खरिदमा सकिएको उनले बताइन् । ‘शनिबार बिहान मृत्यु भएपनि आजसम्म शव ल्याउन पाइएको छैन,’ उनले भनिन्, ‘धेरै ठाउँबाट पहल गरियो तर शव निकाल्न सकिएन ।’

अस्पतालले उपचारमा लागेको खर्चमा १ लाख ५० हजार रुपैयाँ छुट गरिदिएको अस्पतालका प्रशासन प्रमुख सुधिरसिंह राठोरले जानकारी दिए । उनले छुट दिएर अस्पतालमा लाग्ने न्युनतम शुल्क मात्र मागेको र उपचार खर्च बुझाउन नसक्दा अहिले शव अस्पतालमै रहेको बताए । ‘अस्पतालले पपिन उपचारमा खटिने स्वास्थ्यकर्मीलाई पारिश्रमिक दिनुपर्छ,’ उनले भने, ‘हामीले सकेजति छुट दिएर न्युनतम शुल्क मात्र लिएका छौं ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ