२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्लाज्मा संकलन गर्न विराटनगर महानगरले ल्यायो ‘एप’

प्लाज्मा संकलन गर्न विराटनगर महानगरले ल्यायो ‘एप’


विराटनगर– कोरोना संक्रमण मुक्त भएकाहरूको प्लाज्मा संकलन गर्न विराटनगर महानगरपालिकाले ‘प्लाज्मा बैंक विराटनगर’ एप सञ्चालनमा ल्याएको छ ।  महानगरपालिकाका प्रमुख भीम पराजुलीले आफ्नो व्यक्तिगत विवरणसहित फोटो हालेर एप्सको शुभारम्भ गरेका हुन् ।

‘कोरोना संक्रमण भएर निको भएको दिनदेखि ३० दिनभित्र प्लाज्मा दान गर्न सकिने भएकाले दिने व्यक्तिले एपमा आफ्नो नाम, फोन नम्बर र रगत समूह उल्लेख गर्नुपर्ने हुन्छ,’ प्रमुख पराजुलीले भने, ‘संक्रमण मुक्त भएका व्यक्तिले यहाँ आएर प्लाज्मा दिन सक्छन् ।’

प्लाज्मा दिने व्यक्तिले एपमार्फत प्लाज्मा दिएको जानकारी गराउनुपर्ने महानगरपालिकाले जनाएको छ । इच्छुकहरुले गुगल प्ले स्टोरमा गएर प्लाज्मा बैंक विराटनगर डाउनलोड गर्न प्रमुख पराजुलीले आग्रह गरे ।

उनले कोरोना संक्रमित र अरु रोगका बिरामीहरुका लागि छिट्टै रक्तदान कार्यक्रम सञ्चालन गर्ने जानकारी गराए । कार्यक्रममा विराटनर महानगरपालिकाकी उप–प्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल, जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतलगायतको उपस्थित रहेको थियोे ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ