२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नोबेलमा एकै दिन तीन जना कोरोना संक्रमितको मृत्यु

नोबेलमा एकै दिन तीन जना कोरोना संक्रमितको मृत्यु


विराटनगर-विराटनगरस्थित नोबेल मेडिकल कलेजमा शुक्रबार बिहान एकै दिन तीन जना जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुने तीनै जना पुरूष छन् ।

शुक्रबार विहान ५ः४५ मा उपचारको क्रममा विराटनगर महानगरपालिकाकामा कार्यरत नगर प्रहरी हवल्दारको मृत्यु भयो । कोरोना संक्रमित विराटनगर– ३ पुष्पलालचोक घर भएका ५७ वर्षीय नगर प्रहरी हवल्दार सुर्यबहादुर घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो । पाँच दिनअघि कोरोना पुष्टि भएर श्वासप्रश्वासमा समस्या भएपछि घिमिरेलाई शुक्रबार बेलुका अस्पताल भर्ना भएका थिए ।

यसैगरी अन्य दुई जना कोरोना संक्रमित सप्तरी र महोत्तरीका घर भएका संक्रमित पुरुषको पनि नोबेलमा शुक्रबार मृत्यु भएको छ ।

नगर प्रहरी हवल्दारको मृत्यु भएको पाँच मिनेटपछि सप्तरीको राजविराज–९ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको पनि बिहान ५ ः ५० मा उपचारको क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो १ बजेतिर अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा मृत्यु भएका संक्रमितमा उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या देखिएको थियो ।

शुक्रबार विहान दोस्रो कोरोना संक्रमितको मृत्यु भएको २५ मिनेटपछि नोबेलमै उपचाररत महोत्तरी घर भएका अर्का संक्रमितको पनि बिहान ६ः१५ बजेतिर मृत्यु भएको छ । महत्तरी – ६ का ३५ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको प्रवन्धक दाहालले जानकारी दिए । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो अस्पताल भर्ना गरिएको थियो ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ