२०८३ कात्तिक ४, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ वृद्धाश्रममा दिव्य ज्योती अस्पतालको स्वास्थ्य शिविर

वृद्धाश्रममा दिव्य ज्योती अस्पतालको स्वास्थ्य शिविर


विराटनगर–विराटनगर–१४ मलायरोडमा रहेको दिब्य ज्योती अस्पतालले २० औं जलविन्दु सचेतना सप्ताहको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

शनिबार विराटनगर– ८ मा रहेको विराटेश्वर वृद्धाश्रममा ज्येष्ठ नागरिकहरुको लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविरमा आश्रममा रहेका ज्येष्ठ नागकिरहरुको अस्पतालका वरिष्ठ जलविन्दु रोग विशेषज्ञ डा. प्रमोद शर्मा गौतम र नेत्ररोग विशेषज्ञ डा. उदयचन्द्र प्रकाशले आँखाको जाँच गरेका थिए ।

जलविन्दु सचेतना सप्ताहको अवसर पारेर आयोजना गरिएको स्वास्थ्य शिविरमा आश्रममा रहेका ६२ जना ज्येष्ठ नागरिकहरुको आँखा जाँच गरिएको अस्पतालका निर्देशक देवा यादवले जानकारी दिए ।

स्वास्थ्य जाँच गरिएको मध्ये १५ जना ज्येष्ठ नागकिरहरुमा आँखाको समस्या देखिएको डा. गौतमलले बताए । १४ जना ज्येष्ठ नागरिकहरुको आँखामा जलबिन्दुको समस्या देखिएकोले उनीहरुको आँखाको शल्यक्रिया गर्नुपर्ने उनले बताए ।

आँखामा समस्या देखिएको बिरामीको निःशुल्क शल्यक्रिया अस्पतालमा गरिने निर्देशक देवाले बताए । सामाजिक उत्तरदायित्व अन्र्गत रहेर अस्पतालले जलबिन्दु सचेतना सप्ताहको अवसर पारेर स्वास्थ्य शिविर र सचेतना मुलक कार्यक्रमहरु अस्पतालले निरन्तर गर्दै आएको उनले बताए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ