२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यके हो सोसियल एन्जाइटी डिसअर्डर ? कसरी बच्ने ?

के हो सोसियल एन्जाइटी डिसअर्डर ? कसरी बच्ने ?


प्रायः तपाईले देख्नु भएको होला कोही व्यक्तिहरु अरुको अगाडि जान हिचकिचाउँछन् । तिनीहरू अरूलाई भेट्न पनि डराउँछन्। यद्यपि, यो समस्या सामाजिक चिन्ता विकार (सोसियल एन्जाइटी डिसअर्डर) हुन सक्छ। यो समस्यालाई सामाजिक फोबिया पनि भनिन्छ। यो एक मानसिक समस्या हो, जसका कारण व्यक्तिको दैनिक कार्यमा असर पर्न सक्छ। विराट मेडिकल कलेजमा कार्यरत कन्सलट्यान्ट न्युरो साइक्रयाट्रिक डा. अजिता पौडेलबाट यो स्वास्थ्य समस्याबारेमा जानौं :

यो एउटा एनजाइटीको उप-वर्ग हो। सामाजिक परिवेशमा घुलमिल हुन नसक्नु जस्तै :- कुनै नयाँ ठाउँमा जाँदा मन आतिने, धेरै जनाको अगाडी बोल्न आत्मबल नहुनु, समूहमा बोल्न डराउनु र डर र त्रास भइराख्ने जस्ता समस्या देखिनु सोसियल एन्जाइटी डिसअर्डर भनिन्छ। यो रोग सबै उमेर समुहमा हुन सक्छ । तर, विशेषगरी युवा पुस्तामा यो रोग बढी देखिन्छ ।

यसको लक्षण

  • गाला रातो हुने,
  • मुटु ढुकढुक हुने,
  • डराउनु
  • आफ्नो निर्णय आफैले गर्न नसक्नु,
  • चिन्ता लिनु,
  • मनमा नकारात्मक विचार ल्याउनु ,
  • कुनै पनि विषयमा अनियन्त्रित हुनु,
  • हातखुट्टा चिसो हुनु,
  • मांसपेशीहरु सुन्निएको महसुस हुनु,
  • नयाँ ठाउँमा सकेसम्म जान नखोज्नु,
  • विना कारण हातखुट्टा काम्नु,
  • नयाँ मान्छेसँग भेट्न नसक्नु,
  • एक्लै बस्न रुचाउनु,

कारण

  • मस्तिष्कको एक भागलाई एमिग्डाला भनिन्छ। यस्तो अवस्थामा जब यो भाग प्रभावित हुन्छ। तब व्यक्तिले डरलाई नियन्त्रण गर्न सक्दैन।
  • यो समस्या आनुवंशिक पनि हुन सक्छ। यदि परिवारमा कुनै व्यक्तिलाई सामाजिक चिन्ता विकार छ भने यो समस्या बच्चामा पनि हुन सक्छ।
  • आमाबाबुले आफ्ना छोराछोरीलाई अत्याधिक नियन्त्रण गर्दा पनि यो समस्या हुन सक्छ।
  • अत्याधिक लजालु हुने बच्चाहरुमा पनि यो समस्या देखिन्छ।

कसरी बच्ने ?

यसको उपचारका लागि सर्वप्रथम यो रोग के कारणले लाग्यो भन्ने थाहा पाउनु पर्यो। सामाजिक परिवेशले एन्जाइटी भयो भनेर थाहा पाएपछि उपचार गर्न सहज हुन्छ। श्वासप्रश्वास सम्वन्धि व्यायाम गरेमा एनजाइटीको लक्षण धेरै कम हुन्छ । कुनै भेला, भिडभाडमा जाँदा डर लागिरहेको छ भने आफैं जानुअघि थोरै-थोरै गरी शारीरिक व्यfयाम गरेर केही हदसम्म बच्न सकिन्छ।

उपचार

सोसियल एन्जाइटीको उपचार दुई किसिमबाट गर्न सकिन्छ। एउटा मनोउपचार र अर्को भनेको फर्माकोलोजिकलबाट। मनोउपचारमा सोसियल बिहेवियर थेरापी जस्तै कज्जिनिटी विहेवियर थेरापी गरेर उपचार गर्न सकिन्छ। त्यस्तै, फर्माकोलोजिकल उपचारमा हामीले बिरामीको अवस्था हेरेर औषधीहरु दिएर उपचार गर्न सकिन्छ।

विराट अस्पतालमा मनोउपचारका लागि केहि पहिला आफै इन्टरनेटमा खोजेर पढेर आउने बिरामीदेखि लक्षण लिएर पनि आउनुहुन्छ। तर, केही भने यसको लक्षण देखिएर पनि उपचारका लागि आउने गरेको पाइन्छ।

मनोरोग लुकाउने समस्या

मानसिक रुपले बिरामी हुने बित्तिकै पागल भन्ने डरले आफूलाई रोग लागेको थाहा हुँदाहुँदै पनि उपचार नगराइ बस्ने गर्छन् । जुन गलत हो। रोग लागि हालेमा आतिनुपर्छ भन्ने हुँदैन्। यसको लक्षणअनुसार उपचार गर्दै जाँदा ठिक हुन्छ। त्यस्तै, कतिपयमा मनोरोग लागि हालेमा औषधि आजीवन खानुपर्छ भन्ने कुरा पनि वास्तविक हैन। ठिक हुँदै गएपछि औषधी विस्तारै छाड्न सकिन्छ।


क्याटेगोरी : जनस्वास्थ्य, प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ