२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विपी प्रतिष्ठानका पूर्व रजिष्ट्रार डा. रेग्मीले एक वर्षदेखि आवास कब्जा गरेपछि सिडिओलाई गुहारियो

विपी प्रतिष्ठानका पूर्व रजिष्ट्रार डा. रेग्मीले एक वर्षदेखि आवास कब्जा गरेपछि सिडिओलाई गुहारियो

आवास नपाएपछि नवनियुक्त रजिष्ट्रार विपीको सालिक अगाडि टेण्ट टागेर बस्ने तयारीमा


धरान—एक वर्ष अगाडि राजीनामा दिएका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व रजिष्ट्रारले क्वार्टर खाली नगर्दा नवनियुक्त रजिष्ट्रारले क्वार्टर पाएका छैनन् । प्रतिष्ठानका पूर्व रजिष्ट्रार रेग्मीले क्वार्टर खाली नगर्दा नवनियुक्त रजिष्ट्रार डा. सुर्यप्रसाद संग्रौला विराटनगरबाट आउजाउ गरिरहेका छन् ।

रेग्मीले क्वार्टरसँगै रजिष्ट्रार हुँदा लिएका सुविधासमेत फिर्ता गरेका छैनन् । प्रतिष्ठान प्रशासनले बारम्बार क्वार्टर खाली गर्न ताकेता गर्दा समेत रेग्मी अटेर गरेर वसेका छन् । रेग्मी क्वार्टर खाली गर्न नमानेपछि नवनियुक्त रजिष्ट्रारले टेण्ट टागेर बस्ने तयारी गरिरहेका छन् ।

आफूले पाउने आवास नपाएको कारणविराटनगरवाट आउजाउ गर्दा समस्या भएको भन्दै कोठा खाली नभए प्रतिष्ठान हाताभित्र रहेको विपी कोइरालाको सालिक क्षेत्रमा टेण्ट टागेर बस्ने बस्ने डा. संग्रौलाले बताए । भदौ १८ गते भित्रमा आवासको व्यवस्था गर्ने उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आश्वासन दिएको बताउँदै उनले भने, ‘१८ गतेसम्म पनि मलाई आवासको व्यवस्था नभए म विपीको सालिक अगाडि टेण्ट टागेर बस्छु ।’

गत साउन १७ गते पदभार ग्रहण गरेका डा. संगौला केही दिन प्रतिष्ठानको गेष्टहाउसमा बसेका थिए भने अहिले विरानगरस्थित आफ्नै घरबाट धाउँदै आएका छन् । यता बारम्बार पत्र काटेर क्वार्टर खाली गर्न निर्देशन दिदा समेत अटेर गरेर बसेका पूर्व रजिष्ट्रार रैग्मीलाई हटाउन प्रतिष्ठान प्रशासनले प्रमुख जिल्ला अधिकारीलाई सहयोग मागेको छ ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई आइतबार पत्र लेख्दै प्रतिष्ठानको ऐन नियम विपरित पदवाट राजीनामा दिएपनि आवास कब्जा गरेकोले हटाउन सहयोग गर्न आग्रह गरेका हुन् । प्रतिष्ठानको नियमअनुसार १५ दिनमा आवास खाली गर्नुपर्छ । तर, रेग्मीले १ वर्ष पुगिसक्दा समेत खाली गरेका छैनन् ।

उनले गत वर्ष भदौ ११ गते रजिष्ट्रार पदबाट राजीनामा दिएका थिए । रेग्मीले रजिष्ट्रार हुँदा प्रतिष्ठानको लाखौ खर्चेर आवास मर्मत गरेका थिए भने नियम विपरित रजिष्टारले पाउनेभन्दा धेरै सुविधा उपभोग गरेका थिए । अहिले पनि उनले आवाससँगै रजिष्ट्रारले उपभोग गर्ने सुविधा उपभोग गरिरहेका छन् । उनले रजिष्ट्रारको हैसियतमा खरिद गरेको ल्यापटप, मोबाइल, लगायतका सामानसमेत फिर्ता गरेका छैनन् ।

मोबाइलको सिमसमेत फिर्ता नगरेका रेग्मीको टेलिफोन लाइन प्रतिष्ठानले काटिदिएको थियो भने सिमसमेत बन्द गरेर अर्को निकालेर नयाँ रजिष्ट्रारलाई दिइएको छ ।

रेग्मीले सिरक डसनादेखि महंगा कारपेट तथा पर्दासँगै मर्मतका नाममा नियमविपरित अनावश्यक खर्चसमेत गराएका थिए । यस विषयमा डा. रेग्मीको धारणा लिन हेल्थआवाजले सम्पर्क गर्दा उनको फोन स्वीच अफ गरिएको थियो ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ