२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १पाठेघरको मुखको क्यान्सर स्क्रिनिङको लागि भिआइए तालिम सुरु

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङको लागि भिआइए तालिम सुरु


विराटनगर—पाठेघरको मुखको क्यान्सर स्क्रिनिङको लागि तीन दिने भिआईए तालिम सुरू भएको छ । करुणा फाउन्डेसन नेपाल र पूर्वाञ्चल हेल्थ ट्रेनिङ सेन्टरको आयोजनामा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगबलारदेखि सुरु भएको छ ।

तालिममा १० जना स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको करुणा फाउन्डेसनकी मीना खनालले जानकारी दिइन् । तालिमको सहजीकरण डा. पप्पु रिजाल, डा. रमेश श्रेष्ठ, डा. दिपा साह, डा. मनोज साह र स्वास्थ्यकर्मी पुजन सुब्बा रहेकी छिन् ।

पछिल्लो समय महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको समस्या बढदै गएको छ । पाठेघरको मुखको क्यान्सर ह्युमन पापिलोमा नामक भाइरसको संक्रमणबाट हुन्छ ।

यो भाइरस संक्रमण भएको १५ देखि २० वर्षपछि क्यान्सरको रुप लिन्छ । ह्युमन पापिलोमा भाइरस १५–२० वर्षसम्म भित्रै चलेर बस्छ । रोग प्रतिरोधात्मक क्षमता बढी छ भने शरीरले त्यसलाई निष्कासन गरिदिन पनि सक्छ ।

प्रतिरोधी क्षमता कम हुनेहरुमा भने त्यसले सुक्ष्म परिवर्तनहरु गराएर क्यान्सर निम्त्याउने चिकित्सकहरु बताउँछन् । नियमित जाँच गराउने हो भने पाठेघरको मुखमा क्यान्सर हुनु अगावै थाह पाएर रोक्न सकिने चिकित्सकको भनाइ छ । भिआईए परीक्षण गराउँदा १० वर्षपछि हुने छ क्यान्सर पनि पत्ता लाग्ने र यसको उपचार हुने चकित्सिकहरु बताउँछन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ