गृहपृष्ठ ∕ प्रदेश १ ∕ विराटनगर महानगरद्वारा निःशुल्क आँखा शिविर सञ्चालन विराटनगर महानगरद्वारा निःशुल्क आँखा शिविर सञ्चालन हेल्थ आवाज बिहीबार, २०७९ कात्तिक १७ गते, ११:२० मा प्रकाशित विराटनगर—विराटनगरस्थित रामलाल गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । विराटनगर—६ स्थित रामपुरमा आयोजित शिविरको महानगरका मेयर नागेश कोइरालाले शुभारम्भ गरेका हुन् । गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा महानगरले विराटनगरका १९ वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने मेयर कोइरालाले बताए । आँखा संवेदनशील अंग भएकाले बेलैमा उपचार गर्नुपर्नेमा उनले जोड दिए । महानगरवासीको स्वास्थ्यप्रति महानगर गम्भीर रहेको बताउँदै मेयर कोइरालाले हरेक वडामा शिविर सञ्चालन गर्ने प्रस्ट पारे । बुधबार सञ्चालन गरिएको शिविरमा १ सय ४० जनाले आँखा जाँच गराएका थिए । त्यसमध्ये ३१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएकाले अस्पतालमा बोलाइएको गोल्छा आँखा अस्पतालका प्रमुख प्रशासक विन्देश्वर महतोले बताए । यसअघि विराटनगर—१ मा शिविर सञ्चालन भइसकेको छ । वडा नम्बर १ को शिविरमा आएका मध्ये ५३ जनाको शल्यक्रिया भइसकेको महतोले जानकारी दिए । शिविरमा गोल्छा आँखा अस्पतालका चिकित्सक राजेश यादव नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले आँखाको जाँच गरेको थियो । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? TFN ट्रेण्डिङ कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने गण्डकीमा कोरोना संक्रमणबाट ३१ वर्षीया महिलासहित ११ जनाको मृत्यु प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा ढिलाइ, सरकारी अस्पताल निजी कम्पनीमै निर्भर १०६ प्रतिशतसम्म मुनाफा राखेर सेनिटाइजर बेच्ने फार्मेसीलाई २ लाख जरिवाना विराटनगरमा २७२ सहित प्रदेश १ मा ७६० संक्रमित थपिए रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने गण्डकीमा कोरोना संक्रमणबाट ३१ वर्षीया महिलासहित ११ जनाको मृत्यु प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा ढिलाइ, सरकारी अस्पताल निजी कम्पनीमै निर्भर १०६ प्रतिशतसम्म मुनाफा राखेर सेनिटाइजर बेच्ने फार्मेसीलाई २ लाख जरिवाना विराटनगरमा २७२ सहित प्रदेश १ मा ७६० संक्रमित थपिए रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ