गृहपृष्ठ ∕ प्रदेश १ ∕ विराटनगर महानगरद्वारा निःशुल्क आँखा शिविर सञ्चालन विराटनगर महानगरद्वारा निःशुल्क आँखा शिविर सञ्चालन हेल्थ आवाज बिहीबार, २०७९ कात्तिक १७ गते, ११:२० मा प्रकाशित विराटनगर—विराटनगरस्थित रामलाल गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । विराटनगर—६ स्थित रामपुरमा आयोजित शिविरको महानगरका मेयर नागेश कोइरालाले शुभारम्भ गरेका हुन् । गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा महानगरले विराटनगरका १९ वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने मेयर कोइरालाले बताए । आँखा संवेदनशील अंग भएकाले बेलैमा उपचार गर्नुपर्नेमा उनले जोड दिए । महानगरवासीको स्वास्थ्यप्रति महानगर गम्भीर रहेको बताउँदै मेयर कोइरालाले हरेक वडामा शिविर सञ्चालन गर्ने प्रस्ट पारे । बुधबार सञ्चालन गरिएको शिविरमा १ सय ४० जनाले आँखा जाँच गराएका थिए । त्यसमध्ये ३१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएकाले अस्पतालमा बोलाइएको गोल्छा आँखा अस्पतालका प्रमुख प्रशासक विन्देश्वर महतोले बताए । यसअघि विराटनगर—१ मा शिविर सञ्चालन भइसकेको छ । वडा नम्बर १ को शिविरमा आएका मध्ये ५३ जनाको शल्यक्रिया भइसकेको महतोले जानकारी दिए । शिविरमा गोल्छा आँखा अस्पतालका चिकित्सक राजेश यादव नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले आँखाको जाँच गरेको थियो । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र… विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका… कोशीको महत्वकांक्षी स्वास्थ्य नीति: आशाको घोषणापत्र कि चुनौतीको दस्तावेज ? न्यूरोको रजत जयन्तीः २५ वर्षमा २५ लाखको उपचार, कोशी र… कोशी प्रदेशले सिंहदरबार वैद्यखानाबाट २ करोड २० लाखको २३ प्रकारका… कोशीमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट डिजिटल भुक्तानी सेवा सुरू धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ५ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन रूसी स्वास्थ्यमन्त्रीले उडिरहेको जहाजमा स्वास्थ्य संकटमा परेका यात्रुलाई यसरी बचाए विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा डा. गिरीका साक्षी बीएण्डसी अनुगमन समितिका सदस्य भएको खुलेपछि संयोजकले प्रतिवेदन बुझाउन मानेनन् स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन रूसी स्वास्थ्यमन्त्रीले उडिरहेको जहाजमा स्वास्थ्य संकटमा परेका यात्रुलाई यसरी बचाए विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा डा. गिरीका साक्षी बीएण्डसी अनुगमन समितिका सदस्य भएको खुलेपछि संयोजकले प्रतिवेदन बुझाउन मानेनन् स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ?