२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश ११०६ प्रतिशतसम्म मुनाफा राखेर सेनिटाइजर बेच्ने फार्मेसीलाई २ लाख जरिवाना

१०६ प्रतिशतसम्म मुनाफा राखेर सेनिटाइजर बेच्ने फार्मेसीलाई २ लाख जरिवाना


विराटनगर  -दोस्रो लहरको कोरोना संक्रमण तिव्र रूपमा फैलिएपछि स्वास्थ्य सामाग्री सेनिटाइजरको माग बढेपछि यसको कालोबजारी हुने गरेको पाइएको छ । उद्योगदेखि खरिद गरेकोभन्दा बढी मुनाफा राखि व्यापारीहरूले सेनिटाइजरको कालोबजारी गर्ने गरेको पाइएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरको नेतृत्वमा मोरङमा आइतबार भएको बजार अनुगमनको क्रममा १ सय ६ प्रतिशितसम्म मुनाफा राखि सेनिटाइजर बिक्री वितरण गर्ने औषधी पसल भेटिएको छ ।

मोरङको बुढीगंगा गाउँपालिकामा २ टंकिसिनवारीमा रहेको विज्ञान फार्मेसीले सेनिटाइजरको कालोबजारी गरेको भेटिएको छ । विज्ञान फार्मेसीले मञ्जरी आयुर्वेद औषधी उद्योगले उत्पादन गरेको ‘रव क्लिन’ ब्रान्डको सेनिटाइजरमा खरिद गरेको भन्दा १०६.२५ प्रतिशित मुनाफा राखि बिक्री गरेको भेटिएपछि उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले २ लाख रुपैयाँ जरिवना गरेको छ ।

१२० एमएलको स्यानिटाइजर ८० रुपैयाँमा खरिद गरी विज्ञान फार्मेशीले १ सय ६५ रुपैयाँ बिक्री वितरण गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन अनुसार सो फार्मेशीलाई २ लाख जरिवना गरिएको उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमिक्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

‘विज्ञान फार्मेसीले खरिद गरेको भन्दा बढी मूल्य कायम गरि अनुचित र अस्वभाविक नाफा राखेर उपभोक्तालाई बिक्री गरेको भेटिएकोले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ङ बमोजिमको कसुरका आधारमा ऐनको दफा ३९ ख बमोजिम तत्काल २ लाख जरिवना गरिएको हो,’ कार्यालय प्रमुख पोखरेलले भने ।

यसैगरि बजार अनुगमनको क्रममा विराटनगरका दुई वटा फार्मेशीले सेनिटाइजर माक्स खरिद गरेको बिलबिजक नदेखाएपछि कारवाही गरिएको छ ।

विराटनगर महानगरपालिका २ मा रहेको यश फार्मेसी र बिनुका फार्मेसीले मास्क र स्यानिटाइजरको बिल बिजक बिना खरिद र बिक्री गरेको पाइएकोले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ घ कसुरका आधारमा सोही ऐनको दफा ३९ क बमोजिम जरिवना गरिएको पोखरेलले जानकारी दिए । सो फार्मेसीलाई पाँच हजार र बिनुका फार्मेशीलाई २० हजार रुपैयाँ जरिवना गरिएको वािणज्य कार्यालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ