२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १हारको बदला लिदैं मोरङ ६ बाट डा. शेखर कोइराला निर्वाचित

हारको बदला लिदैं मोरङ ६ बाट डा. शेखर कोइराला निर्वाचित


विराटनगर-मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार कोइरालाले एमालेका नेता लालबावु पण्डितलाई फराकिलो मतअन्तरले पराजित गरेका हुन्।

शुक्रबार विहान सकिएको मतगणनाअनुसार कोइरालाले ३५ हजार २ सय १८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पण्डितले २२ हजार ९ सय ३२ मत पाएका छन् ।

त्यस्तै, राप्रपाका गोपाल कटुवालले ८ हजार ८ सय २९ मत पाएका छन् । मोरङ क्षेत्र नं. ६ मा १ लाख २६ हजार ७१ मतदाता मध्ये ८५ हजार ३ सय ७१ मत खसेको थियो । ८० हजार ४ सय १७ मत सदर भएको थियो । ४ हजार ९ सय ५४ मत बदर भएको थियो । कोइरालाले १२ हजार २ सय ८६ मतअन्तर विजयी हुन सफल भएका छन् ।

वि.सं. २०७४ सालमा कोइराला र पण्डित मोरङ क्षेत्र नं। ६ मा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला पण्डितले कोइरालालाई ६ सय ७५ मतअन्तरले पराजित गरेका थिए । ५ वर्षपति प्रतिनिधिसभामा यी दुवै उम्मेदवार प्रतिस्पर्धा गर्दा कोइरालाले २०७४ मा हारको फराकिलो मतअन्तरले बदला लिएका छन् ।

विराटनगर–७, निवासी कोइराला ७२ वर्षका छन् । उनी कांग्रेसमा स्थापित नेतृ नोना कोइरालाको छोरा हुन् । अल इण्डिया मेडिकल साइन्स इन्ष्टिच्युट (एम्स), भारतबाट एमडी गरेका छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ