२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १औषधि तथा बिक्री प्रतिनिधिसंघको अभिमुखीकरण सम्पन्न

औषधि तथा बिक्री प्रतिनिधिसंघको अभिमुखीकरण सम्पन्न


विराटनगर – नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ बिराटनगर इकाईले एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा पहिलोपटक संघले आफ्ना सदस्यहरुको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

संघले औषधि प्रतिनिधी एमआर पेशासँग सम्बन्धित  पेशागत हकहित, नीति-नियम, कानुनी व्यवस्था, अवसर र चुनौतीलगायत विभिन्न महत्वपूर्ण विषयहरुमा गहन छलफल गर्दै आफ्ना सदस्यहरुलाइ सू-सुचित गराउने प्रयास गरेको छ। संस्थाका नयाँ सदस्यहरुलाइ लक्षित गरेर कार्यक्रमको आयोजना गरिए पनि संस्थाका पूराना सदस्यहरुको पनि सहभागिता रहेको थियो।

संस्थाका ईकाई अध्यक्ष प्रमोदकुमार साहको अध्यक्षतामा भएको कार्यक्रम सचिव दिपेन्द्र कार्कीले संचालन गरेका थिए। उक्त कार्यक्रममा झण्डै ५० जना सदस्यहरुको सहभागिता रहेको थियो।

कार्यक्रम संस्थाका सह–सचिव अनुप लामाको संजोकत्व तथा कोषाध्यक्ष तेजनारायण साहको व्यवस्थापन रहेको थियो ।
जसमा मुख्य प्रशिक्षक एनएमएसआरए केन्द्रका सचिव कृष्ण खत्याडीले श्रमअधिकारका बारेमा जानकारी गराउँदैं श्रमिकले पालना गर्नुपर्ने कर्तव्यहरुका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. बालकृष्ण साहले एमआरहरु अनुशासित हुँदै इमान्दार भएर चिकित्सकसंग आफ्नो व्यक्तिगत सम्बन्ध राम्रो बनाउन सके पेसामा मात्र नभई जीवनमा पनि सफल रहने बताए ।

औषधि व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले औषधी व्यवसायी र एमआर बीचको सम्बन्धका चर्चा गरेका थिए ।

कार्यक्रममा संस्थाका केन्द्रीय महासचिव सुनिल श्रेष्ठ, केन्द्रीय सदस्य राजेश अधिकारी संस्थाका पूर्व उपाध्यक्ष  राम लुइटेल, वरिष्ठ सदस्य अन्जेस साहलगायतले आ–आफ्नो धारणा राख्दै पेशागत मुल्यलाइ कसरी अझ मजबुत र उच्च बनाउन सकिन्छ भन्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा अतिथिहरुलाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो। संघको पहिलो अभिमुखीकरण कार्यक्रम रहेको र आउने दिन मा थप सक्रियताका साथ यस्ता कार्यक्रमहरु संचालन हुने जानकारी सचीव दिपेन्द्र कार्कीले बताए ।

कार्यक्रम आयोजना गर्न मेरिल्याण्ड कलेजले  सहयोग स्वरूप सभाहल प्रदान गरेकोमा धन्यवाद दिदैं अध्यक्ष प्रमोद कुमार साहले कार्यक्रम समापन गरेका थिए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ