२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १५७ वर्ष पुरानो विराटनगर नर्सिङ क्याम्पसको प्रशासनिक भवन उद्घाटन

५७ वर्ष पुरानो विराटनगर नर्सिङ क्याम्पसको प्रशासनिक भवन उद्घाटन


विराटनगर—विराटनगर नर्सिङ क्याम्पसको शैक्षिक, प्रशासनिक एवं क्याम्पस प्रमुखको आवास गृहसहितको भवन संचालनमा आएको छ । बुधबार क्याम्पस परिसरमा बनेको तीन तलाको भवनको एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको हो ।

उक्त आवास गृहसहितको प्रशासनिक भवनको उद्घाटन त्रिभुवन विश्व विद्यालयका रजिष्ट्रार प्रा.डा. पेशल दाहालले गरेका हुन् ।

तीन तलाको भवनमा पहिलो तलामा कक्षा कोठा, दोस्रो तलामा प्रशासनिक भवन र तेस्रो तलामा क्याम्पस प्रमुखको आवास गृह रहेको छ ।

विराटनगर नर्सिङ क्याम्पस त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कोशी प्रदेशको विराटनगरमा रहेको एकमात्र नर्सिङ क्याम्पस हो । वि.सं. २०२३ सालमा नेपाल सरकारको अनमी तालिम केन्द्रको रुपमा क्याम्पसको स्थापना भएको थियो ।

वि.सं. ०२९ सालमा त्रि.वि. चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) स्थापना भएपछि त्रि.वि.अन्तर्गतका कार्यक्रमहरु संचालन भए । विभिन्न कालखण्ड पार गर्दै यस क्याम्पसले ५७ वर्ष पूरा गरिसकेको विराटनगर नर्सिङ क्याम्पस प्रमुख मेनुका भण्डारीले जानकारी दिइन् ।

क्याम्पसमा प्रमाणपत्र तह नर्सिङ ४५ जना अध्ययन गर्छन् । ‘जुन २०७६ बाट फेज आउट भएको छ । यो हाम्रो चाहना थिएन । विश्वविद्यालयको नियमअनुसार भएको हो,’ उनले भनिन्, ‘किनकी यो क्याम्पस प्रमाणपत्र नर्सिङबाट बढी चर्चा पाएको क्याम्पस हो ।’

क्याम्पसमा यसै वर्षबाट बीएनएस तथा बीएससी नर्सिङमा ४०–४० कोटा अध्यापन भइरहेको उनले जानकारी दिइन् ‘जुन हाम्रो लागि ऐतिहासिक उपलब्धी पनि हो,’ भण्डारीले भनिन् । क्याम्पसबाट उत्पादित नर्सिङ जनशक्ति स्थानीय, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अब्बल भएर काम गरिरहेको अवस्था रहेको उनले जानकारी दिइन् ।

हाल विराटनगर नर्सिङ क्याम्पस अलुमनाई एसोसिएसनको अध्यक्ष प्रा. डा. रामशरण मेहता रहेका छन् । क्याम्पसमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विद्यार्थीहरु पढ्ने भएकोले उनीहरुलाई सहुलियतमा होस्टेलको व्यवस्था पनि उपलब्ध गराइएको छ । करिब १५० जना विद्यार्थी होस्टेलमा रहेका छन् ।

क्याम्पसले संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्यायानको प्रमाणपत्र पनि प्राप्त गरेको क्याम्पस प्रमुख भण्डारीले बताइन् । यो प्रमाणपत्र पाउन चार वर्ष समय लागेको उनको भनाइ थियो ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ