२०८१ भदौ २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १धरानमा डेंगीको प्रकोपः संक्रमितको संख्या १२ हजार, ११ जनाको मृत्यु

धरानमा डेंगीको प्रकोपः संक्रमितको संख्या १२ हजार, ११ जनाको मृत्यु

परीक्षण गरिएकामध्ये ७४ प्रतिशतमा डेंगीको संक्रमण


विराटनगर—डेंगी संक्रमणको केन्द्रविन्दु बनेको धरान उपमहानगरपालिकामा संक्रमितको संख्या १२ हजार नाघेको छ । बिहीबार साँझसम्मको विवरणअनुसार धरानमा डेंगी संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

मृत्यु हुनेमा ६ जना महिला र ५ जना पुरुष छन् । हालसम्म संक्रमितको संख्या भने १२ हजार १८४ पुगेको छ ।

धरान उपमहानगरपालिकाका जनस्वास्थ्य प्रमुख उमेश मेहताले दिएको विवरण अनुसार धरानमा हालसम्म १६ हजार ८४० जनाको डेंगी परीक्षण भएको छ । जसमध्ये ७२ प्रतिशतमा डेंगी देखिएको हो ।

बिहीबारमात्रै गरिएको ३९० वटा परीक्षणमा २८७ जनामा डेंगी देखिएको उनले बताए । यो ७४ प्रतिशत हो ।

धरानमा हालसम्म सबैभन्दा धेरै वडा नम्बर ११ का ४ जनाको डेंगी संक्रमणबाट मृत्यु भएको छ । वडा नम्बर २, ५, १०, १५, १६, १७ र १८ नम्बरमा १/१ जना डेंगीको संक्रमणबाट मृत्यु भएको छ ।

धरानमा विभिन्न ८ स्थानमा डेंगुको परीक्षण भइरहेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगी क्लिनिक नै संचालन गरेर काम गरिरहेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ