२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा सुत्केरीको मृत्युपछि तनाव, वार्ता जारी

कोशी अस्पतालमा सुत्केरीको मृत्युपछि तनाव, वार्ता जारी


विराटनगर—विराटनगरस्थित कोशी अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । अस्पतालको आईसीयुमा मोरङ धनपालथान गाउँपालिका—३ का १८ वर्षीया सुलेखा मण्डलको बिहीबार राति मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो ।

मण्डलले २४ साउनमा रंगेली अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन् । नर्मल डेलिभरी भएर २६ साउनमा उनी अस्पतालबाट डिस्चार्ज भएकी थिइन् ।

तर, स्वास्थ्यमा समस्या आएपछि २८ साउन उनलाई कोशी अस्पतालको आईसीयुमा राखेर उपचार सुरु गरिएको थियो। उपचारकै क्रममा उनको बिहीबार राति मृत्यु भएको थियो।

मृतकका आफन्तहरूले अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै राति अस्पताल परिसरभित्र नाराबाजी गरेका थिए । मोरङ प्रहरी र वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली अस्पतालको सुरक्षा दिएको थियो । अस्पताल परिसर भित्र मृतकका आफन्तले उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कारवाही गरिनुपर्ने, छानविन टोली गठन गरी दोषी उपर कारवाही हुनुपर्नेलगायतका माग राख्दै नाराबाजी गर्ने थालेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

बिरामीका आफन्तहरुले शुक्रबार पनि प्रदर्शन जारी राखेका छन् । अस्पताल व्यवस्थापनले अहिले बिरामी पक्षलाई राखेर छलफल गरिरहेको छ । अस्पतालले बिरामीको मृत्युबारे आधिकारिक धारणा भने सार्वजनिक गरिसकेको छैन।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ