२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा विकास समितिले नियुक्त गरेका १७ कर्मचारी म्याद थप भएन्, आन्दोलनमा उत्रिने चेतावनी

कोशीमा विकास समितिले नियुक्त गरेका १७ कर्मचारी म्याद थप भएन्, आन्दोलनमा उत्रिने चेतावनी

रात्रीकालीन समयमा ड्युटीमा खटिने डाक्टरको प्रोत्साहन भत्ता वृद्धि


विराटनगर—विराटनगरस्थित कोशी अस्पतालका करारका १७ जना कर्मचारीको म्याद थप नगरी कामबाट निकालिएको छ । तत्कालीन कोशी अस्पतालको विकास समिति अध्यक्ष महेश भट्टराईको कार्यकालमा नियुक्त भएका १७ जना कर्मचारीको म्याद थप नगरिएको हो ।

तत्कालीन अस्पताल विकास समितिको २६ भदौ २०७९ बसेको बैठकले आफूखुसी नियुक्त गरेका करारका १७ जना कर्मचारीको म्याद थप नगरिएको कोशी अस्पताल विकास समितिका अध्यक्ष डा. फरवार्ड सिलवालले जानकारी दिए ।

‘यसअघि रहेको विकास समितिले आफू खुसी नियुक्त गरेको कर्मचारीको म्याद थप नगरिएको हो,’ उनले भने, ‘अब विधी र प्रक्रियासंगत तरिकाले आवश्यकताअनुसार योग्य कर्मचारीको नियुक्ति हुनेछ ।’ करारको म्याद थप नगर्नेमा बसैभन्दा बढी कार्यलय सहयोगी छन् ।

यसरी करारको म्याद थप नभएकाहरुमा खरिदार मन्जु विष्ट, रिना निरौला, इलेक्ट्रिसियन विनोदकुमार कार्की, कार्यालय सहयोगीहरु कुमार कार्की, अवोधकुमार गौतम, सम्झना राई, रमेश बुढाथोकी, पदमकुमार खनाल, बलराम कामत, कन्चन राय, राधा देवी राय, दिनेशकुमार सरदार, सुनिता मण्डल, सागर डोम, निरमाला ढकाल, सुनिता भगत र चन्दन यादव रहेका छन् । उनीहरुले आफूहरुलाई जानकारी बेगर कामबाट निकालेको बताए ।

कार्यलय सहयोगी पदमकुमार खनालले राजनैतिक आस्थाको आधरमा करार थप नगरेकोले हुनाले आन्दोलनमा उत्रिने चेतवनी दिए । ‘हामी काममा खटिरहेका थियौं । कुनै जानकारी बेगर कामबाट निकालिएको छ,’ उनले भने, ‘अस्पतालमा नयाँ विकास समिति आएलगतै हामीलाई कामबाट निकालिएको हो ।’ तत्काल करार म्याद थप नगरे चरणबद्ध आन्दोलनमा उत्रिने उनले चेतवनी दिए ।

विकास समितिले निर्णयले रात्रीकालीन काममा खटिने चिकित्सकलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । मेडिकल अफिसर र विशेषज्ञ चिकित्सककलाई राति उपचारमा खटिएको बेला दैनिक पाँच सय रुपैयाँको दरले प्रोत्साहन भत्ता दिने निर्णय भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चन्द्रभाल झाले जानकारी दिए ।

रात्रीकालीन रुपमा कोशीमा उपचारमा खटिने विशेषज्ञ र मेडिकल अधिकृत दुई दर्जन रहेका छन् । यसअघि पनि रात्री उपचारमा खटिने चिकित्सकलाई २५० रुपैयाँ दैनिक प्रोत्साहन भत्ता दिने निर्णाय भएको थियो । तर, कार्यन्वयनमा आएको थिएन् । ‘अहिले विकास समितिले निर्णय गरेको छ । चिकित्सकलाई प्रोत्साहन भत्ता दिने निर्णय १ असोजबाट लागु भएको छ,’ मेसु झाले भने ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ