२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १डाक्टर कर्णसहित तीन जना जेल चलान 

डाक्टर कर्णसहित तीन जना जेल चलान 

तीन जना धरौटीमा रिहा 


विराटनगर– नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ डाक्टर तपेश्वरलाल कर्णसहित तीन जना पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

मोरङ अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालसले बुधवार डाक्टर ६८ वर्षीय कर्णसहित कटहरी गाउँपालिका–४ का सूर्यनारयण राजवंशी र भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राई पुर्पक्षको लागि जेल चलान भएका हुन् ।

नवजात शिशु बेपत्ता पारेको कसुरमा ६ जना विरुद्ध मुद्दा दायर भएको थियो । ६ जना मध्ये पाँच लाखमा शिशु बिक्री गरेको खुलेको डा. कर्ण, खरिद गर्ने राजवंशी र शिशुका बावु राईसहित तीन जना पुर्पक्षको लागि थुनामा गएका छन् भने सहयोगी तीन जना धरौटीमा रिहा भएका छन् ।
मोरङ कटहरी – २ आदर्शटोलकी ३३ वर्षीया सुधा भन्ने सुक्री राजवंशी २ लाख, सिराहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया नर्स निर्मला यादव १ लाख र ४७ वर्षीया दिलमनी देवी राजवंशीलाई १० हजार रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएको मोरङ अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार पक्राउ परेका ६ जना प्रतिवादीहरू विरुद्ध अपहरण तथा व्यक्ति बेपत्ता, एकीकृत कसुर सम्बन्धी मुद्दा दायर भएको थियो ।

भोजपुर हतुवागढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी २६ वर्षीया प्रेमिकाको सम्बन्धबाट असार १४ मा शिशु जन्मिएकी थिइन ।

विराटनगरको ग्रीनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा.कर्णले मोरङको कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको खुलेको थियो । प्रहरीले उनीसहित अपराधमा संलग्न ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । कर्णले उक्त बच्चाको व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएको पुष्टि भएको छ ।

कर्णको क्लिनिक ग्रीनक्रस अस्पताल नजिक छ । आफ्नो क्लिनिकमा आएकी गर्भवती युवतीलाई ग्रीनक्रसमा सुत्केरी गराएर अस्पतालकी सफाई कर्मचारी सुधा राजवंशी र क्लिनिककी सहयोगी नर्स निर्मला यादवमार्फत डा. कर्णले कटहरी–२ की दिलमाया राजवंशी र उनका छोरा सूर्यनारायणलाई उक्त शिशु ५ लाखमा बिक्री गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ । त्यसअघि डा. कर्णले ती अविवाहित जोडीबाट शिशुको व्यवस्थापन गर्ने जिम्मा लिँदै ३५ हजार रुपैयाँ लिएको पनि अनुसन्धानले खुलेको छ । प्रहरीले यस घटनामा ७ जनलाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये ग्रिनक्रस हस्पिटलका सञ्चालक कृष्ण खवासलाई मुद्दा नचलाउने निर्णय गरेको थियो ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ