२०८३ कात्तिक ३, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ न्युरो सर्जन समाजको अध्यक्षमा डा. यमबहादुर रोका

न्युरो सर्जन समाजको अध्यक्षमा डा. यमबहादुर रोका


विराटनगर—नेपाल न्यूरो सर्जन समाजको नयाँ कार्यसमितिको अध्यक्षमा डा. यमबहादुर रोका चयन भएका छन् । नयाँ कार्यसमितिमा प्रा.डा राजीव झा, प्रेसिडेन्ट इलेक्ट, र डा. सुदन ढकाल उपाध्यक्षमा चयन भएका हुन् ।

त्यसैगरी, सचिवमा डा. गोपाल सेढाई तथा डा. प्रकाश काफ्ले र डा. सुरज थुलुङ्गलाई सह सचिवमा चयन गरिएको हो । कोषाध्यक्षमा डा. विनोद राजभण्डारी चयन भएका छन् । यता सदस्यहरूमा डा. अनीश मान सिंह, डा. मनिष कोलाक्षपति, डा. माया भट्टचन, डा. राजीव शाह, डा. प्रत्युश श्रेष्ठ र डा. समीर अर्याल रहेका छन् ।

अध्यक्ष रोकाले सम्बन्धित क्षेत्रको विज्ञहरूसँग न्युरो सर्जनका समस्याहरू छलफललाई आगामी दिनमा निरन्तरता दिइने बताए । समयसँगै न्यूरोसर्जनसम्बन्धी नयाँ नयाँ प्रविधिको विकास भएकाले सोही विषयमा छलफल गरिने समेत उनले सुनाए ।

समाजले नियमित प्रकाशन गर्ने जर्नलको प्रमुख सम्पादकमा डा. रेशा श्रेष्ठ रहेकी छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ