२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १५० शैय्याको दिब्या दृष्टि हस्पिटल संचालक रायको बथनामा रहस्यमय मृत्यु

५० शैय्याको दिब्या दृष्टि हस्पिटल संचालक रायको बथनामा रहस्यमय मृत्यु

साझेदार र मिटरब्याजमा ऋण लिएका व्यक्तिले पाँच तलामा बन्धन बनाएर मारेको परिवारको आरोप


विराटनगर—विराटनगर–१० शान्तिचोक घर भएका हस्पिटल संचालक ३० वर्षीय रविन कुमार रायको भारतको बथानमा रहस्मय मृत्यु भएको छ । शनिबार साँझ भारत बिहार अररिया जिल्लाको बथनामा विराट दिब्या दृष्टि हस्पिटलका संचालन गरेर बसेका रायको रहस्यमय मृत्यु भएको हो ।

रायका परिवारले भने रविन कुमारको हत्या गुण्डा परिचालन गरेर उनका साझेदार विराटनगर—३ घर भएका इब्राहिम र मिटर ब्याजमा ऋण लिएका खेम भनिने खगेन्द्र थापाले गरेको आरोप लगाएका छन् । फर्मासिस्ट र जनस्वास्थ्यमा स्नातक गरेका रायले दुई वर्ष अगाडि बथनामा इब्राहिमसँग मिलेर ५० शैय्याको हस्पिटल खोलेका थिए ।

हस्पिटल राम्रो चल्दै गएपछि रायले एकलौटी चलाउने योजना बनाए । त्यसपछि साझेदार इब्राहिमको १८ लाख भारतीय रुपैयाँ फिर्ता दिने सहमति भएको थियो । सहमतिअनुसार रायले १२ लाख भारतीय रुपैयाँ नगद र ८ लाख भारतीय रुपैयाँको चेक दिएको मृतक रविनको परिवारको दावी छ ।

‘शनिबार दिउँसो इब्राहिमसहित मिटर ब्याजमा ऋण दिने थापासहित १० जना एउटा स्कारपियोमा बथनास्थित हस्पिटलमा आएका थिए । श्रीमानलाई छलफलमा लैजाने भन्दै हामी बस्ने पाँचौ तलामा लिए गए । हामीलाई चौथो तलामा ढोका थुनिदिए । त्यसपछि हामीलाई प्रहरीमा खबर ग¥यौं,’ रायकी श्रीमती रानी कुमारी रायले भनिन्, ‘प्रहरी आएको केहीबेरपछि शनिबार ५ बजे पाँच तलाबाट श्रीमान चौथो तलामा झारिदियो । हामीले हस्पिटल लिएर जाँदा चिकित्सकले मृत घोषणा गरे । श्रीमानलाई योजनाबद्ध तरिकाले निर्घात कुटपिट गरेर छतबाट खसाएर मारिएको हो ।’ यसरी श्रीमानको हत्या गर्नेलाई कडा कारवाहीको लागि परिवारले माग गरेका छन् ।

रायले खगेन्द्र थापासँग ५ रुपैयाँ मिटर ब्याजमा ऋण लिएका थिए । ५ लाख रुपैयाँ ऋण लिएपनि उनले कपली तमसुक १५ लाख रुपैयाँको बनाएका थिए । मिटर ब्याजमा दिएको ऋण उठाउन रायको हत्या गरेको हुनसक्ने आशंका मृतकका आफन्तले गरेका छन् । मतृक परिवारले रायको हत्यमा संलग्नलाई कारवाहीको माग राख्दै भारतीय प्रहरीमा पनि उजुरी दिएको बताएका छन् । पोस्मार्टमपछि रायको शव आइतबार राती विराटनगरमा ल्याएर सोमबार विराटनगरस्थित सिंघिया खोलामा दाहसंस्कार गरिएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ