२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मदन भण्डारी अस्पतालका चिकित्सकमाथि कुटपिट

मदन भण्डारी अस्पतालका चिकित्सकमाथि कुटपिट

आक्रमण गर्नेलाई पक्राउ नपरेको भन्दै बुधबारदेखि अस्पतालको ओपीडि सेवा बन्द गर्ने


विराटनगर—मोरङको उर्लावारी नगरपालिका—३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका दुई जना स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ ।

अस्पतालमा कार्यरत मेडिकल अधिकृत मोरङ पथरी शनिश्चरे नगरपालिका—१ का २५ वर्षीय डा. ब्रोमिस बुढाथोकी र डा. अनिलकुमार यादवलाई स्थानीय युवाहरुले कुटपिट गरेका हुन् ।

३ जेठमा दिउँसो खाजा खाएर फर्किने क्रममा डा. बुढाथोकीमाथि मंलबारेका सुमन श्रेष्ठ, पिपलराज गिरी र सानु रोक्काको समूहले आक्रमण गरेको आरोप छ । उनीहरुले डा. बुढाथोकीमाथि पूरानो रिसिइबीलाई लिएर आक्रमण गरेको उनले बताए ।

हस्पिटलमा उपचारको विवाद भएपछि डा. बुढाथोकीमाथि आक्रमण भएको बुझिएको छ । ‘केही दिन अगाडि डा. बुढाथोकीलाई हामी लोकल मान्छे हो । हामीलाई छिटो लाइनमा नबसी उपचार हुनुपर्छ भन्दै आएका थिए,’ अस्पतालका एक चिकित्सकले भने ।

‘उनीहरुमध्ये पिपलराज गिरी चिकित्सक बस्ने कुर्सीमा आएर बसे । मैले यो डाक्टर बस्ने कुर्सी हो । यहाँ नबसिदिनुहोला भन्दै बाहिर आउनु म देखाइदिन्छु भन्दै गए । पछि खाजा खाएर फर्किन क्रममा ममाथि आक्रमण भयो,’ डा. बुढाथोकीले सुनाए । ट्रमा सेन्टरमा उनी वि.सं. २०८० असोज २९ गते नियुक्त भएका हुन् ।

त्यसैगरी, ७ जेठमा आकस्मिक कक्षमा सेवा दिइरहेको अवस्थामा डा. यादवलाई आक्रमण गरेको बताएका छन् ।

इलका प्रहरी कार्यालय उर्लावारीका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र दासले अभद्र व्यवहारमा जाहेरी दर्ता भएको बताए । जिल्ला प्रशासन कार्यलयबाट पक्राउ अनुमति पत्र पनि आइसकेकाले आक्रमणमा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । आक्रमण गर्नेहरु फरार रहेका छन् । खोजी कार्य तीव्र बनाएको मोरङ प्रहरीले जनाएको छ ।

बुधबारदेखि ओपीडी सेवा बन्द

चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि निरन्तरण आक्रमण भएपछि अस्पताल प्रशासनले ओपीडी सेवा एक घण्टा बन्द गर्ने भएको छ । बुधबार अस्पतालको ओपीडी सेवा बन्द गर्ने अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले निर्णय नै गरेका छन् ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र चिकित्सकहरु असुरक्षित भएको र शान्ति सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीहरुले ओपीडी बन्द गर्ने निर्णय गरेका हुन् ।

उनीहरुले चिकित्सकमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही नगरेपछि ओपीडी सेवा बन्द गर्दै थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने चेतवनी दिएका छन् । पहिलो दिन एक घण्टा १० बजेदेखि ११ बजेसम्म ओपीडी सेवा बन्द हुनेछ ।

त्यसपछि हातमा कालो पटी बाँधेर विरोध स्वरुप काम गर्ने उनीहरुले गरेको निर्णयमा उल्लेख छ । अस्पतालमा ओपीडीमा दैनिक ५ देखि ७ सय जना बिरामीले सेवा लिने गरेका छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ