२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १चिकित्सक कुटेको आरोपमा रास्वपाका क्षेत्रीय सभापति श्रेष्ठसहित दुई पक्राउ

चिकित्सक कुटेको आरोपमा रास्वपाका क्षेत्रीय सभापति श्रेष्ठसहित दुई पक्राउ


विराटनगर-मोरङको उर्लावारी नगरपालिका — ३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति ३६ वर्षीय सुमन श्रेष्ठ र मंगलबारे युवा क्लबका अध्यक्ष ४६ वर्षीय पिपलराज गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

चिकित्सक कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय उर्लावारीमा तीन जना विरुद्ध उजुरी दर्ता भएको छ । घटनामा संलग्न अर्को एक जना सानु रोक्का फरार छन् ।

प्रहरीले श्रेष्ठ र गिरीलाई झापाको भद्रपुर—४ बाट बिहीबार पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनीहरुलाई शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गर्ने तयारी गरेको छ ।

उनीहरुले अस्पतालमा कार्यरत मेडिकल अधिकृत मोरङ पथरी शनिश्चरे नगरपालिका—१ का २५ वर्षीय डा. ब्रोमिस बुढाथोकीलाई कुटपिट गरेको आरोप छ । ३ जेठमा दिउँसो खाजा खाएर फर्किने क्रममा डा. बुढाथोकीमाथि सुमन श्रेष्ठ, पिपलराज गिरी र सानु रोक्काको समूहले आक्रमण गरेको आरोप छ । उनीहरुले डा. बुढाथोकीमाथि पूरानो रिसिइबीलाई लिएर आक्रमण गरेको जाहेरीमा उल्लेखछ ।

त्यसैगरी, ७ जेठमा आकस्मिक कक्षमा सेवा दिइरहेको अवस्थामा डा. अनिल यादवलाई आक्रमण गरेको बताएका छन् ।

अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले चिकित्सक कुटपिट गर्नेलाई पक्राउ गरिनुपर्ने र शान्ति सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग राख्दै निरन्तर रुपमा आन्दोलन गर्दै आएका थिए ।

उनीहरुले आन्दोलन अन्र्गत बुधबार अस्पतालको ओपीडी सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए । यहाँ कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले चिकित्सक कुटनेलाई कारवाही गरिनुपर्ने र शान्ति सुरक्षाको व्यवस्था गरिनुपर्ने माग राख्दै बुधबार अस्पतालको ओपीडि सेवा बन्द गरेर आन्दोलनमा होमिएका थिए ।

चिकित्सक कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेकोले चिकित्सकहरुले आन्दोलन फिर्ता गर्ने तयारी गरेका छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ