२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १सेवाग्राहीकाे स्वास्थ्यमन्त्री ढकालसँग अनुराेध ‘काेशी अस्पतालमा पूरा समय चिकित्सक बसाइँ दिनुपर्यो’

सेवाग्राहीकाे स्वास्थ्यमन्त्री ढकालसँग अनुराेध ‘काेशी अस्पतालमा पूरा समय चिकित्सक बसाइँ दिनुपर्यो’


विराटनगर– संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालेपछि भानुभक्त ढकाल दोस्रो पटक उपत्यकाबाहिरको अस्पतालको निरीक्षणमा निस्किए । पहिलो पटक भरतपुरस्थित क्यान्सर अस्पताल र भरतपुर अस्पताल निरीक्षण गरेका थिए ।

दोस्रो पटक उनले आफ्नो निर्वाचन क्षेत्र रहेको मोरङको विराटनगरस्थित कोशी अस्पताल बुधबार निरीक्षण तथा अन्तरक्रिया गर्न आइपुगेका छन् । कोशीमा निरीक्षण गरिसकेपछि मन्त्री ढकालले धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा पुगेका छन् । मन्त्री ढकालले कोशीमा कार्यरत चिकित्सक र स्थानीयसँग अन्तरक्रिया गरेका थिए ।


अस्पतालको सभाहलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा स्थानीय दिपा पाठकले कोशीमा कार्यरत चिकित्सक समय सीमा भित्रसम्म नबस्ने समस्या रहेको मन्त्री समक्ष गुनासो राखिन् । ‘कोशी अस्पतालमा ओपीडिमा चिकित्सक समय सिमासम्म नबस्ने समस्या रहेको छ,’ मन्त्री समक्ष बिरामीको गुनासो सुनाउँदै उनले भनिन्, ‘यहाँ आएका बिरामीले ओपीडीमा पहिलो पटक समस्या राखेपछि रिपोर्ट देखाउँने बेलामा चिकित्सक भेटन सकिदैन् ।

रिपोर्ट देखाउने भोलिपल्ट आउनुपर्ने समस्या छ । १ बजेपछि कोशीको ओपिडिमा विशेषज्ञ चिकित्सक भेटन सकिदैन् ।’ हालै कोशीका मेडिकल सुपरिटेन्डेण्ट (मेसु) डा. गुणराज लोहनीले विहान १० देखि ४ बजेसम्म चिकित्सक ओपीडीमा रहने संचारमाध्यमबाट जानकारी गराएका थिए ।

तर, अहिले पनि कोशीमा समयसिसम्म चिकित्सक नबस्ने समस्या छ । ‘चिकित्सक समयसम्म अस्पतालमा बसिदिए टाडाबाट आएका बिरामीलाई सहज हुने थियो,’ उनले मन्त्री सक्षम पुनः दोहोर्याएर भनिन्, ‘यहाँ १ बजेपछि चिकित्सक भेटिदैन । नभेटेपछि भोलीपल्ट रिपोर्ट देखाउनुपर्ने समस्या छ । मन्त्री ज्यू यस्तो समस्य हल गरिदिनुपर्यो ।’

कार्यक्रममा कोशी अस्पतालको नर्सिङ्ग प्रशासककी मन्जु यादवले दरबन्दीअनुसारको कर्मचारी नहुँदा कोशीमा काममा समस्या आएको बताइन् । उनले समायोजनले पनि अहिले समस्या ल्याएको बताइन् । यहाँबाट जाने र नआउने समस्याले काममा कठिनाइ भएको उनको भनाइ थियो ।

समस्या सुनेपछि आयोजित कार्यक्रममा बोल्दैं मन्त्री ढकालले मन्त्रालय सरुवा भएर आएपछि सूची तयार पारेर काम अगाडी बढएको बताए । ‘समायोजनमा करिब ७ हजार जनाको गुनासो छ,’ उनले भने, ‘सुगम र पहुँच भएका व्यक्तिहरू नचाहिने दरबन्दीमा रहने गरेको जानकारी पाएको छु । अब यस्तो प्रवृतिको अन्त्य हुनेछ ।’

राजनैतिक आकंक्षा पूर्ती गर्ने बहानामा स्वास्थ्य क्षेत्रमा समस्या आएको उनले बताए । समस्याको सावधान गरी आगामी दिनमा अगाडी बढ्ने मन्त्री ढकालले बताए । सरकारले ल्याएको स्वास्थ्य विमाको कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडी बढाउन आफु लागि परेको उनले बताए । सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी रूपमा आगडी बढने उनको भनाइ थियो । मन्त्री ढकालले कोशी अस्पतालले थप सेवा विस्तार गरेर भएपनि सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन दिए । ‘पैसाको कमिले सेवा विस्तार र उपचारमा कमि हुनु हुँदैन,’ मन्त्री ढकालले भने ।

कार्यक्रममा बोल्दै १ नम्बर प्रदेशका सामािजक विकास मन्त्री जीवन घिमिरले प्रदेशको राजधानी रहेको शहर विराटनगर पछिल्लो समय स्वास्थ्य क्षेत्रको हबको रुपमा विकास भएको बताए । राजधनीमा रहेको कोशी अस्पताललाई सबैको साथ सहयोगबाट सुधार गरी गुणस्तरीय सेवा प्रदानमा जोड दिनुपर्ने उनले बताए । ‘अस्पतालको सेवाप्रति जनविश्वास बढ्दै गएको छ,’ उनले भने, ‘अस्पतालको सेवा विस्तारमा अब लाग्नुपर्दछ ।’ इतिहास बोकेको अस्पताललाइको जीर्ण अवस्थामा रहेका भवनहरू भत्काएर नयाँ भवन र थप सेवा विस्तार गरिनुपर्नेमा जोड दिए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ