२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्ययौन दुर्व्यवहार खेपेका व्यक्तिमा देखिन्छ यस्ता स्वास्थ्य समस्या

यौन दुर्व्यवहार खेपेका व्यक्तिमा देखिन्छ यस्ता स्वास्थ्य समस्या


एम्बर स्टान्ली २३ वर्षको उमेरमा आफ्नै साथीकी प्रेमीकाबाट बलत्कृत भइन् । एक समारोहका क्रममा रमाइलो गरेपछि एउटै रुममा सुतेकी उनी बिहान आफूसँग साथीको प्रेमीकालाई सँगै पाउँदा उनी छाँगाबाट खसेजस्तै भइन् । त्यो कोठामा उनीसँगै अन्य साना बच्चाहरु पनि सुतेको हुनाले उनले चिच्याउने आँट गरिनन् ।

त्यो दिनको घटनाको बारेमा उनले अर्को दिन आफ्ना साथीलाई बताएपछि उनले प्रहरीलाई रिपार्ट दिन पुगिन् । प्रहरीले पनि उनको पीडा बुझेन । उल्टै प्रहरीले असहज ढंगबाट प्रश्न सोधिएको र उनले बताएको घटनाको विवरणलाई झुटो आरोप लगाइयो ।

स्टान्ली भन्छिन्, ‘प्रहरीले मैले झुठ बोलेको र झुट बोलेको हो भन्ने प्रमाण समेत कट्टा गर्न सक्ने प्रहरीले बताएका थिए,’ उनी थप्छिन्, ‘मलाई बलत्कार गर्ने ती बलात्कारी राष्ट्रका हिरो मानिने सेनाजस्तो पदमा कार्यरत थिए । जसकारण पनि ती व्यक्ति विरुद्ध प्रहरीले कहिल्यै एक्सन लिएन र मैले कहिल्यै न्याय पाइनँ ।’

उक्त घटनाले विक्षिप्त बनेकी स्टान्ली त्यसपछि एन्जाइटीको सिकार बनिन् । उनी १३ वर्षयता उनी थेरापी गर्दै आएकी छिन् । त्यही एन्जाइटीका कारण उनी अहिलेसम्म अल्कोहल सेवन गर्ने व्यक्तिहरुका बीच रहन रुचाउँदिनन् भने राती एक्लै किनमेलका लागि बाहिर निस्कन समेत डराउँछिन् । अहिले उनकी एउटी छोरी छन् । त्यसैले उनी अपरिचित व्यक्ति देख्ना साथ चनाखो रहन्छिन् ।

कोही नौलो मान्छे देख्ने बित्तिकै स्टान्ली त्यो रात सम्झन्छिन् । जसले उनलाई बारम्बार झसंग बनाउँछ । यसरी यौन दुव्र्यवहारमा परेर तितो अनुभव संगालेका थुपैै्र स्ट्यान्लीहरु छन् ।

यौन दुर्व्यवहारले देखिने स्वास्थ्य समस्या

आफ्नो वार्षिक बैठकको अवसर पारेर ‘द नर्थ अमेरिकन मेनोपज सोसाइटी(न्याम्स)’ ले गरेको एक अध्ययनले यौन दूव्र्यवहारको घटनामा परेकाहरुमा उच्च रक्तचाप र ट्राइग्लीस्राइड्सका साथै निन्द्रा नलाग्नेजस्ता समस्या देखिने उल्लेख गरिएको छ ।

अध्ययनका अनुसार, यौन दूव्र्यवहारमा परेका अधिकांश व्यक्तिमा विशेषगरी डिप्रेशनका लक्षण अनुरुप एन्जाइटी, निन्द्रासम्बन्धि समस्या र अन्य क्लिनिकल समस्याहरु देखिन्छन् । अर्काे शब्दमा भन्नुपर्दा, यौन उत्पीडनमा परेका व्यक्तिमा दिर्घकालीन स्वास्थ्य समस्याहरु देखिन्छन् । यसले उनीहरुमा मानसिक स्थितिमा पनि उत्तिकै आघात पु¥याएको हुन्छ । जसकारण उनीहरु चिकित्सकको जान समेत डराउँछन् ।

सर्वेक्षणमा सहभागी ३ सय सहभागीमध्ये १९ प्रतिशतले आफू कार्यरत क्षेत्रमा दुर्व्यवहारमा परेको, २२ जनाले अन्य स्थानमा नै यसबाट सिकार भएको र १० प्रतिशतले भने यी दूवैको भागेदार भएको बताएका थिए ।

सन् २०१८ को राष्ट्रिय तथा ‘स्टप स्ट्रिट ह्यारेस्मेन्टको तथ्यांकले देखाए अनुसार, ८१ प्रतिशत महिलाले आफ्नो जीवनकालमा यौन दूव्यर्वहारका घटनाहरु भोग्छन् । जसबाट उनीहरु दिर्घकालीन स्वास्थ्य समस्याको सिकार हुन पुग्छन् ।

यस सम्बन्धमा के भन्छन् त विज्ञहरु ?

यस विषयमा बोल्दै अनुसन्धानकर्ता, कुशल लेखक, सामाजिक अभियन्ता र मनोविद्समेत रहेकी लिसा फन्टेज यस्ता गतिविधिले कुनैपनि व्यक्तिलाई लामो समयसम्म आघात पु¥याउने बताउँछिन् ।

‘आपत्कालीन समयसँग जुध्नका लागि शरीरले एक प्रकारको हर्माेनको उत्पादन गर्छ,’ उनी भन्छिन्, ‘यौन दुव्र्यहार र उत्पीडनमा परेका अधिकांश व्यक्तिको शरीरमा लामो समयसम्म यो हर्माेन सकृय भैरहन्छ । जसले फेरि त्यस्तै घटना दाहोरिने हो कि भन्ने भयका कारण आत्तिने, डराउने र हडबडिने जस्ता समस्याहरु देखिन्छन् ।’

एक पटक मात्र यौन दूव्र्यवहारमा परेका व्यक्तिमा पनि यस्ता लक्षण देखिने पीएचडी होल्डर तथा मनोविद् एलेन ड्युकअर्म बताउँछिन् । ‘यस्ता घटनाका सिकार भएका व्यक्तिहरु बारम्बार त्यही घटना सम्झिने र त्यसै बारे कुरा गरिरहन्छन्,’ उनी भन्छिन्, ‘बच्चा जन्माइसकेपछि पनि त्यस्ता व्यक्ति सिनेमा वा टीभीमा बलात्कारको घटना देखाउँदा एकदमै क्रसित एवम् आक्रोशित हुन्छन् ।’

हेल्थलाइनबाट साभार


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ