गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सेती प्रादेशिक अस्पतालमा भोलि देखि प्रसुती सेवा बन्द गर्ने निर्णय सेती प्रादेशिक अस्पतालमा भोलि देखि प्रसुती सेवा बन्द गर्ने निर्णय पदमराज भट्ट मंगलबार, २०७७ वैशाख २ गते, १९:२३ मा प्रकाशित धनगढी – सेती प्रादेशिक अस्पतालले बुधवारदेखि प्रसुती सेवा बन्द गर्ने निर्णय गरेको छ । सरकारले चैत्र १५ गते सेती प्रादेशिक अस्पताललाई ‘कोभिड १९’ डेडिकेटेड अस्पताल बनाउने निर्णय गरेयता पाँच जना संक्रमितको उपचार भईरहेको छ । संक्रमितसंगै अन्य बिरामीलाई एउटै अस्पतालभित्र सेवा प्रवाह गर्दा संक्रमण फैलिने जोखिम रहेकोले हालसम्म सेती प्रादेशिक अस्पतालले दिदै आएको प्रसुती सेवा भोलिदेखि बन्द गर्ने निर्णय गरेको हो । सेती प्रादेशिक अस्पतालले दिदै आएको प्रसुती सेवा भोलिदेखि धनगढीस्थित नवजीवन अस्पतालले दिने बताईएको छ । नवजीवनमा सरकारको आमा सुरक्षा कार्यक्रम लागु रहेको छ । अन्य निजी अस्पतालमा प्रसुतीसेवा महंगो पर्ने भएकोले सामाजिक विकास मन्त्रालयको निर्देशनमा सेती प्रादेशिक अस्पतालले नवजीवन अस्पताललाई प्रसुती सेवा दिने व्यवस्था मिलाउन सेती प्रादेशिक अस्पतालाई पत्रचार गरेपछि अस्पतालले प्रसुतीसेवा बन्द गर्ने निर्णय गरेको हो । बैशाख १ गते सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले सेती प्रादेशिक अस्पतालको प्रसुती सेवा बन्द गरी सो सेवा नवजीवन अस्पतालमा दिने व्यवस्था मिलाउन अस्पताललाई निर्देशन दिने निर्णय गरेको थियो । सेती प्रादेशिक अस्पतालमा प्रसुती वार्डमा आधा दर्जनभन्दा बढि स्त्री रोग बिशेषज्ञ, दर्जनौ नर्स र स्वास्थ्यकर्मीहरुले प्रसुती सेवा दिदै आएका थिए । जहाँ दैनिक २५ देखि ३० जनाले प्रसुती सेवा लिने गरेका थिए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द विश्वविद्यालयः शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अझै सुरु… डा. गोविन्द केसीद्वारा कैलालीको गेटामा तीन दिने अनसन सुरू सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यतर्फको उपसचिवमा बढुवा बयलपाटा अस्पतालले माग्यो २१ नर्सिङसहित ८३ जना कर्मचारी बयलपाटा प्रादेशिक अस्पताल : १ भदौंबाट प्रदेश सरकारले सञ्चालन गर्ने गेटा अस्पतालमा थपिदैं सेवा, बढ्दैं बिरामी (फोटो फिचर) धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ४ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन ६ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? ७ दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म Kalpana Craft ट्रेण्डिङ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर तालिबानको शासन : बुर्का लगाएर अस्पताल जान बाध्य महिला डाक्टर र नर्स, तलब समेत पाउदैनन् एक वर्षमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४२६ जना क्यान्सरका बिरामीको शल्यक्रिया नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर तालिबानको शासन : बुर्का लगाएर अस्पताल जान बाध्य महिला डाक्टर र नर्स, तलब समेत पाउदैनन् एक वर्षमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४२६ जना क्यान्सरका बिरामीको शल्यक्रिया