गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सेती प्रादेशिक अस्पतालमा भोलि देखि प्रसुती सेवा बन्द गर्ने निर्णय सेती प्रादेशिक अस्पतालमा भोलि देखि प्रसुती सेवा बन्द गर्ने निर्णय पदमराज भट्ट मंगलबार, २०७७ वैशाख २ गते, १९:२३ मा प्रकाशित धनगढी – सेती प्रादेशिक अस्पतालले बुधवारदेखि प्रसुती सेवा बन्द गर्ने निर्णय गरेको छ । सरकारले चैत्र १५ गते सेती प्रादेशिक अस्पताललाई ‘कोभिड १९’ डेडिकेटेड अस्पताल बनाउने निर्णय गरेयता पाँच जना संक्रमितको उपचार भईरहेको छ । संक्रमितसंगै अन्य बिरामीलाई एउटै अस्पतालभित्र सेवा प्रवाह गर्दा संक्रमण फैलिने जोखिम रहेकोले हालसम्म सेती प्रादेशिक अस्पतालले दिदै आएको प्रसुती सेवा भोलिदेखि बन्द गर्ने निर्णय गरेको हो । सेती प्रादेशिक अस्पतालले दिदै आएको प्रसुती सेवा भोलिदेखि धनगढीस्थित नवजीवन अस्पतालले दिने बताईएको छ । नवजीवनमा सरकारको आमा सुरक्षा कार्यक्रम लागु रहेको छ । अन्य निजी अस्पतालमा प्रसुतीसेवा महंगो पर्ने भएकोले सामाजिक विकास मन्त्रालयको निर्देशनमा सेती प्रादेशिक अस्पतालले नवजीवन अस्पताललाई प्रसुती सेवा दिने व्यवस्था मिलाउन सेती प्रादेशिक अस्पतालाई पत्रचार गरेपछि अस्पतालले प्रसुतीसेवा बन्द गर्ने निर्णय गरेको हो । बैशाख १ गते सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले सेती प्रादेशिक अस्पतालको प्रसुती सेवा बन्द गरी सो सेवा नवजीवन अस्पतालमा दिने व्यवस्था मिलाउन अस्पताललाई निर्देशन दिने निर्णय गरेको थियो । सेती प्रादेशिक अस्पतालमा प्रसुती वार्डमा आधा दर्जनभन्दा बढि स्त्री रोग बिशेषज्ञ, दर्जनौ नर्स र स्वास्थ्यकर्मीहरुले प्रसुती सेवा दिदै आएका थिए । जहाँ दैनिक २५ देखि ३० जनाले प्रसुती सेवा लिने गरेका थिए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट… अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सिनेटद्वारा चिकित्सा शिक्षा अध्ययनको… सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ प्रधानमन्त्रीले भने, ‘सावधानी अपनाएनौं भने बाध्य भएर जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्छ’ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ प्रधानमन्त्रीले भने, ‘सावधानी अपनाएनौं भने बाध्य भएर जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्छ’ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने