गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सेती प्रादेशिक अस्पतालमा भोलि देखि प्रसुती सेवा बन्द गर्ने निर्णय सेती प्रादेशिक अस्पतालमा भोलि देखि प्रसुती सेवा बन्द गर्ने निर्णय पदमराज भट्ट मंगलबार, २०७७ वैशाख २ गते, १९:२३ मा प्रकाशित धनगढी – सेती प्रादेशिक अस्पतालले बुधवारदेखि प्रसुती सेवा बन्द गर्ने निर्णय गरेको छ । सरकारले चैत्र १५ गते सेती प्रादेशिक अस्पताललाई ‘कोभिड १९’ डेडिकेटेड अस्पताल बनाउने निर्णय गरेयता पाँच जना संक्रमितको उपचार भईरहेको छ । संक्रमितसंगै अन्य बिरामीलाई एउटै अस्पतालभित्र सेवा प्रवाह गर्दा संक्रमण फैलिने जोखिम रहेकोले हालसम्म सेती प्रादेशिक अस्पतालले दिदै आएको प्रसुती सेवा भोलिदेखि बन्द गर्ने निर्णय गरेको हो । सेती प्रादेशिक अस्पतालले दिदै आएको प्रसुती सेवा भोलिदेखि धनगढीस्थित नवजीवन अस्पतालले दिने बताईएको छ । नवजीवनमा सरकारको आमा सुरक्षा कार्यक्रम लागु रहेको छ । अन्य निजी अस्पतालमा प्रसुतीसेवा महंगो पर्ने भएकोले सामाजिक विकास मन्त्रालयको निर्देशनमा सेती प्रादेशिक अस्पतालले नवजीवन अस्पताललाई प्रसुती सेवा दिने व्यवस्था मिलाउन सेती प्रादेशिक अस्पतालाई पत्रचार गरेपछि अस्पतालले प्रसुतीसेवा बन्द गर्ने निर्णय गरेको हो । बैशाख १ गते सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले सेती प्रादेशिक अस्पतालको प्रसुती सेवा बन्द गरी सो सेवा नवजीवन अस्पतालमा दिने व्यवस्था मिलाउन अस्पताललाई निर्देशन दिने निर्णय गरेको थियो । सेती प्रादेशिक अस्पतालमा प्रसुती वार्डमा आधा दर्जनभन्दा बढि स्त्री रोग बिशेषज्ञ, दर्जनौ नर्स र स्वास्थ्यकर्मीहरुले प्रसुती सेवा दिदै आएका थिए । जहाँ दैनिक २५ देखि ३० जनाले प्रसुती सेवा लिने गरेका थिए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अत्तरियाको विश्वास फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना टेली हेल्थ कार्यक्रम सञ्चालनदेखि बयलपाटा अस्पताललाई प्रदेश मातहत ल्याउनेसम्म सुदूरपश्चिममा स्वास्थ्यको बजेटमा समस्या, दर्जन योजनाको बजेट कार्यान्वयन हुन सकेन जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने क्याबिनेटको निर्णय गेटा अस्पतालले माग्यो ७ विशेषज्ञ चिकित्सकसहित १३ चिकित्सक वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ५ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ६ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका बिरामी मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु युक्रेनलाई ल्याबको रोगजनक जीवाणु नष्ट गर्न डब्लुएचओको सुझाव मानवमा सुँगुरको अंग प्रत्यारोपणको भविष्य कस्तो? मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका बिरामी मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु युक्रेनलाई ल्याबको रोगजनक जीवाणु नष्ट गर्न डब्लुएचओको सुझाव मानवमा सुँगुरको अंग प्रत्यारोपणको भविष्य कस्तो?