२०८३ जेठ ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट प्रक्रिया सुरू

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट प्रक्रिया सुरू


काठमाडौं—कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको छनोट प्रक्रिया सुरु भएको छ । बिहीबार उपकुलपति र रजिष्ट्रार पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले इच्छुक तथा योग्य नेपाली नागरिकलाई दरखास्त आव्हान गरेको हो ।

यससँगै नेपालकै पहिलो र एकमात्र स्वास्थ्य विज्ञान विश्वविद्यालयको पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु भएको हो । सिफारिस समितिले ५ जेठ २०८३ मा स्वीकृत ‘शहीद दशरथ स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम दरखास्त मा गरेको हो ।

समितिले १० दिनभित्र शिक्षा तथा खेलकुद मन्त्रालयको प्राविधिक शिक्षा शाखामा कार्यालय समयभित्र दरखास्त पेश गर्न भनेको छ । आवेदन गर्न पाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनको कार्यालय समयभित्र आवेदन गर्न सकिनेछ ।

विश्वविद्यालयले यही शैक्षिक सत्रबाट एमबीबीएसलगायतका चिकित्सा शिक्षाका कार्यक्रम सुरु गर्ने योजना बनाएको छ । तर, अहिले पदाधिकारी नहुँदा एमबीबीएसलगायतका चिकित्सा शिक्षा कार्यक्रम अगाडि बढिरहेको छ ।

Screenshot


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ