२०८२ मंसीर ५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब

मुटुरोग विशेषज्ञ डा. विप्लव कार्कीको नेतृत्वमा संचालन हुने


धनगढी-सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले क्याथ ल्याब सेवा सुरू गरेको छ । शुक्रबारबाट कैलाली गोदावरी नगरपालिका २ अत्तरीयामा रहेको अत्तरिया हस्पिटल प्रा.लि. ले औपचारिक रुपमा क्याथ ल्याब सेवा सुरु गरेको हो ।

वि.सं. २०७९ सालमा स्थापना भएको अत्तरिया अस्पताल हाल १०० शय्या संचालनमा रहेको छ । सुदूरपश्चिममा मुटु रोग सम्बन्धि बिरामीको उपचारका लागि क्याथ ल्याब नहुँदा काठमाडौं वा भारत रिफर जानुपर्ने बाध्यता छ ।

अस्पतालका प्रबन्धक निर्देशक डिल्लीराज पाठकले सुदुरपश्चिम प्रदेशमा करिब १५ करोडको लागतमा अत्याधुनिक उपकरण भित्र्याएको बताए । औपचारिक उद्घाटन हुनुभन्दा अगाडि २ हप्तामा २७ जना बिरामीको क्याथ ल्याबमा उपचार गरिएको अस्पतालले जनाएको छ ।

क्याथ ल्याब मुटु रोग विशेषज्ञ डा. विप्लव कार्कीको नेतृत्वमा संचालन हुने अस्पतालले जनाएको छ । यसका साथै मुटुरोग विशेषज्ञ डा. कृष्णचन्द्र अधिकारी, डा. चित्रराज शर्माले पनि सेवा दिने अस्पतालले जनाएको छ ।

सुदूरपश्चिममा कुनै पनि सरकारी अस्पतालमा समेत क्याथ ल्याब सेवा सुरु हुन सकेको छैन । अत्तरिया अस्पतालले क्याथ ल्याब सेवा सुरुसँगै मुटुका इमर्जेन्सीका बिरामीहरुलाई जीवनरक्षामा टेवा पुग्ने विश्वास गरिएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ