गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब मुटुरोग विशेषज्ञ डा. विप्लव कार्कीको नेतृत्वमा संचालन हुने पदमराज भट्ट शुक्रबार, २०८२ मंसीर ५ गते, १८:२६ मा प्रकाशित धनगढी-सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले क्याथ ल्याब सेवा सुरू गरेको छ । शुक्रबारबाट कैलाली गोदावरी नगरपालिका २ अत्तरीयामा रहेको अत्तरिया हस्पिटल प्रा.लि. ले औपचारिक रुपमा क्याथ ल्याब सेवा सुरु गरेको हो । वि.सं. २०७९ सालमा स्थापना भएको अत्तरिया अस्पताल हाल १०० शय्या संचालनमा रहेको छ । सुदूरपश्चिममा मुटु रोग सम्बन्धि बिरामीको उपचारका लागि क्याथ ल्याब नहुँदा काठमाडौं वा भारत रिफर जानुपर्ने बाध्यता छ । अस्पतालका प्रबन्धक निर्देशक डिल्लीराज पाठकले सुदुरपश्चिम प्रदेशमा करिब १५ करोडको लागतमा अत्याधुनिक उपकरण भित्र्याएको बताए । औपचारिक उद्घाटन हुनुभन्दा अगाडि २ हप्तामा २७ जना बिरामीको क्याथ ल्याबमा उपचार गरिएको अस्पतालले जनाएको छ । क्याथ ल्याब मुटु रोग विशेषज्ञ डा. विप्लव कार्कीको नेतृत्वमा संचालन हुने अस्पतालले जनाएको छ । यसका साथै मुटुरोग विशेषज्ञ डा. कृष्णचन्द्र अधिकारी, डा. चित्रराज शर्माले पनि सेवा दिने अस्पतालले जनाएको छ । सुदूरपश्चिममा कुनै पनि सरकारी अस्पतालमा समेत क्याथ ल्याब सेवा सुरु हुन सकेको छैन । अत्तरिया अस्पतालले क्याथ ल्याब सेवा सुरुसँगै मुटुका इमर्जेन्सीका बिरामीहरुलाई जीवनरक्षामा टेवा पुग्ने विश्वास गरिएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र… धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी ४ दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा ५ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ६ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ७ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति TFN ट्रेण्डिङ तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना स्वास्थ्यको लागि पुदिना चिया : यस्ता छन् सेवनका फाइदा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन कोभिड १९ : चिकित्सकका रुपमा मैले बुझेको नेपाली पत्रकारिता निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने के र कति खाँदा स्वस्थ हुन्छ दर ? गर्भपतनका औषधीमा खेलाँचीः जथाभावी प्रयोगले लिदैंछ ज्यान को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना स्वास्थ्यको लागि पुदिना चिया : यस्ता छन् सेवनका फाइदा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन कोभिड १९ : चिकित्सकका रुपमा मैले बुझेको नेपाली पत्रकारिता निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने के र कति खाँदा स्वस्थ हुन्छ दर ? गर्भपतनका औषधीमा खेलाँचीः जथाभावी प्रयोगले लिदैंछ ज्यान को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ?