गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब मुटुरोग विशेषज्ञ डा. विप्लव कार्कीको नेतृत्वमा संचालन हुने पदमराज भट्ट शुक्रबार, २०८२ मंसीर ५ गते, १८:२६ मा प्रकाशित धनगढी-सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले क्याथ ल्याब सेवा सुरू गरेको छ । शुक्रबारबाट कैलाली गोदावरी नगरपालिका २ अत्तरीयामा रहेको अत्तरिया हस्पिटल प्रा.लि. ले औपचारिक रुपमा क्याथ ल्याब सेवा सुरु गरेको हो । वि.सं. २०७९ सालमा स्थापना भएको अत्तरिया अस्पताल हाल १०० शय्या संचालनमा रहेको छ । सुदूरपश्चिममा मुटु रोग सम्बन्धि बिरामीको उपचारका लागि क्याथ ल्याब नहुँदा काठमाडौं वा भारत रिफर जानुपर्ने बाध्यता छ । अस्पतालका प्रबन्धक निर्देशक डिल्लीराज पाठकले सुदुरपश्चिम प्रदेशमा करिब १५ करोडको लागतमा अत्याधुनिक उपकरण भित्र्याएको बताए । औपचारिक उद्घाटन हुनुभन्दा अगाडि २ हप्तामा २७ जना बिरामीको क्याथ ल्याबमा उपचार गरिएको अस्पतालले जनाएको छ । क्याथ ल्याब मुटु रोग विशेषज्ञ डा. विप्लव कार्कीको नेतृत्वमा संचालन हुने अस्पतालले जनाएको छ । यसका साथै मुटुरोग विशेषज्ञ डा. कृष्णचन्द्र अधिकारी, डा. चित्रराज शर्माले पनि सेवा दिने अस्पतालले जनाएको छ । सुदूरपश्चिममा कुनै पनि सरकारी अस्पतालमा समेत क्याथ ल्याब सेवा सुरु हुन सकेको छैन । अत्तरिया अस्पतालले क्याथ ल्याब सेवा सुरुसँगै मुटुका इमर्जेन्सीका बिरामीहरुलाई जीवनरक्षामा टेवा पुग्ने विश्वास गरिएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज