२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठटिप्सआँपले ल्याउनुहोस अनुहारमा चमक र ताजापन, घरमा सजिलै बनाउन सकिन्छ ‘म्याङ्गो फेसियल’

आँपले ल्याउनुहोस अनुहारमा चमक र ताजापन, घरमा सजिलै बनाउन सकिन्छ ‘म्याङ्गो फेसियल’


लकडाउन र कोरोना सङ्कटको दौरानमा घर बाहिर निस्कनु खतरा बनेको छ। खासमा पार्लर जस्तो ठाउँमा त झनै संक्रमणको जोखिम बढ्ने देखिन्छ। यदि तपाइले कोसिस गर्नु भएमा घरमा नै आफ्नो स्किनको सजिलै हेरचाह गर्न सक्नु हुनेछ। हाल आँपको सिजन छ। आँपले शरीरको लागि मात्रै नभई अनुहारको लागि पनि निकै राम्रो मानिन्छ।

आँपले घरमै फेसियल गर्न सकिन्छ । आँपमा भिटा-केरोटिन र भिटामिन ‘ए’ हुन्छ जसले प्राकृतिक रुपमा त्वचामा चमक दिने गर्छ। आँपबाट गरिने फेसियलबाट तपाईको स्किनको टेक्‍सचरमा सुधार गर्छ। स्किनमा ग्लो ल्याउन तपाई हफ्तामा एकपटक आँपले फेसियल गर्नुहोस। आँपको फेसियलमा प्राकृतिक चीज मिसाइएको हुन्छ जसले अनुहारमा निखार ल्याउँछ।

घरमै कसरी बनाउने ‘म्याङ्गो फेसियल’, कसरी प्रयोग गर्ने ?

सबैभन्दा पहिला अनुहारमा मेकअप लागाइएको छ भने नरिवल तेल लगाएर हटाउनु पर्छ। त्यसपछि कपासले अनुहारमा लागेको तेल पुछ्नुहोस्। त्यसपछि अनुहारमा फेसवास लगाएर धुनुहोस।

त्यसपछि एउटा कचौरामा दहि राख्नुहोस् र ३ चम्चा आँपको गुदी राखी घोल्नुहोस्। त्यसपछि ३ चम्चा चामलको पिठो हाल्नुहोस् र काँचो बेसार पिनेर त्यसको रस हाल्नुहोस्। र अन्तिममा १ चम्चा कागतीको रस राख्नुहोस।

तयार भएको फेस मास्कलाई आफ्नो पूरा अनुहारमा लगाएर र ५ मिनेट राख्नुपर्दछ। गालामा राम्ररी मसाज गर्नु पर्ने हुन्छ। त्यसपछि नाक र आँखाको बीच भाग देखि तलको भागमा हल्का मसाज गर्नुपर्दछ। अनुहारसँगै आफ्नो गर्दनमा पनि मसाज गर्नु पर्दछ। अन्तिममा सादा पानिले अनुहार धुनुहोस।

सफा अनुहारमा टोनर लगाएर हातले थपथपाएर केहिसमय सुक्न दिनुहोस। त्यसपछि अनुहार अनुसार कुनै मोइस्चराइजिङ्ग क्रिम लगाउनुहोस्।

सो पेस्टले तपाईको अनुहार चमकिलो बनाउँछ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स, सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ