२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठटिप्समेक अपले निम्त्याउछ छालाको रोग

मेक अपले निम्त्याउछ छालाको रोग


एजेन्सी । के तपाई अत्यधिक मेक अप गर्नु हुन्छ ? घरबाहिर दैनिक काममा वा कलेजमा जाँदा नियमित मेक अप नगरी हिड्न मन लाग्दैन? अनि मेक अप नहुँदा शरिरमा केही नपुगे जस्तो अनुभूति हुन्छ ? युवतीमात्र होइन, पाका महिला पनि अनुहारको मेक अपको सौखिन हुन्छन । मेकअपप्रति अत्यधिक सोख छ भने आजैबाट साबधानी रहनुहोस, किनकी यसले विभिन्न जोखिम निम्त्याउछ ।
निश्चय नै मेक अपले महिलाको सौन्दर्यता निखार ल्याउछ र उनीहरुको आत्मविश्वास बढाउछ । तर, मेक अपका नाममा अनावश्यक रुपमा अनुहार पोत्नु भनेको ठूला ठूला रोग निम्त्याउनु हो । मेक अप गर्ने प्राय युवा युवतीले मेकअपको साईड इफेक्टबारे खासै चासो दिदैनन् । क्षणिक रुपमा राम्री देखिनुमा नै मख्ख हुन्छन् । मेक अपले क्यान्सरलगायत स्वास्थ्य सम्बन्धी गम्भीर समस्या निम्त्यिाएको पाईन्छ ।
आवश्यकता भन्दा बढी मेक अपले छालामा यस्ता असर देखिन्छन्ः

आँखाको ढकनी विग्रनेः आई स्याडो लगायत आखामा लगाउने आई मेक अपले आईल्यास अर्थात आखाको ढकनीमा गम्भीर अशर गर्छ । मेकअपमा हुने रसायनले आँखाँको ढकनीमा रातो विमिरा पलाउनुका साथै दीर्धकालिन अशर गर्छ ।
आँखाको मेक अपले आँखामा सुख्खापन ल्याउनुका साथै आँखाँ रातो बनाउछ । मेक अपका कणहरुले आखामा टियर डक्ट (आँशु निकाल्ने ग्रन्थी) सुकाइदिन्छ जसका काख आँखा सुख्खा हुन्छ ।

मेक अप धेरै भयो भने अनुहारमा अनावश्यक दाग देखिन्छ । मेक अपको रसायन नरम छालालाई छिद्रा पारि लामो समय त्यही रहन्छ । तसर्थ, राती बेडमा जानु भन्दा अगाडि अनिवार्य रुपमा मेक अप पखाल्नु पर्छ ।

अनुहारको मेक अपले छालाको एलर्जी हुन्छ । एलर्जीले छालालाई रतो बनाउने, विमिरा उठ्ने, सुनिने र अन्तमा ज्वरो समेत आउछ । रसायनमा नकरात्मक अशर भएमा एलर्जी आउछ ।

फेसियल मेक अपमा हुने रसायनले अनुहारको छालालाई रातो बनाउने छाला चस्किन्छ । मेकअपले छालाको बाहिरी पत्रलाई खुइलाईदिन्छ र छालाको क्यान्सर समेत हुने गर्छ । केही फाउन्डेसन क्रिमले तपाईको छाला चिल्लो र ग्रिजी बनाइदिन्छ ।


क्याटेगोरी : टिप्स, सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ