२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्सअनुहारको छाला चाउरी पर्नबाट कसरी जोगाउने ?

अनुहारको छाला चाउरी पर्नबाट कसरी जोगाउने ?


कतिपय मानिसहरु आफ्नो स्वभाविक उमेर भन्दा अगाडि नै बुढो देखिन्छन् । विशेषगरी लामो समयसम्म घाममा अनुहार देखाउदा, घामबाट बच्ने क्रिम नलगाउदा अनुहारको छाला चाउरी पर्छ । त्यस्तै, असन्तुलित खानपान, दीर्घ रोग आदिका कारण निधारमा काला धर्सा देखिन्छन् । चाउरीपनबाट जोगाउने केही टिप्सः

महः अनुहारमा निखार ल्याउन मह महत्वपूर्ण मानिन्छ । एक गिलास मन तातो पानीमा केरा र मह मिसाएको पेस्टलाई घोल्नुहोस र त्यसलाई अनुहारमा दलेर १५ मिनेटपछि चिसो पानीले पखाल्दा अनुहारमा भएका दागी हराउनुका साथै अनुहार सफा, चम्किलो र चाउरी पर्नबाट जोगाउछ । महलले अनुहारको छालाको कोषलाई कसिलो बनाइदिन्छ ।

ध्युकुमारी: गाँउघर सजिलै पाइने र सहरबजारमा गमलामा रोप्न सकिने ध्युकुमारीले छालामा चमक ल्याउछ । यसको पेस्ट निमित अनुहारमा दल्दा यसले अनुहारमा शितलता प्रदान गर्नुका साथै तन्तुलाई मजबुत बनाउछ । यसमा हुने एक प्रकारको एसिडले अनुहारलाई चाउरी पर्नबाट जोगाउछ ।

अदुवाः एक चम्चा अदुवाको धुलो महमा मिसाएर मनतातो पानीमा खादा छाताका तन्तु टुट्नबाट जोगउछ । बहुउपयोगी अदुवाले चिसोबाट जोगाउनुका साथैक्यान्सरबाट समेत बचाउछ ।

आलमोन्ड: सुत्नुअघि १०/१२ दाना आलमोन्डलाई मिश्रिपानीमा भिजाउनुहोस । बिहान उठेपछि पानी पिउनुहोस र आल्मोडको पेस्ट अनुहारमा लगाउनुहोस । नियमित यस्तो अभ्यास गरेमा तपाईको छालामा चमकता आउछ ।

मेवा: राम्रोसँग पाकेको मेवालाई पेस्टबनाएर १ चम्चा महमा मिसाएर अनुहारमा दल्नुहोस । नियमित सम्भव नभए पनि सातामा एक पटक यस्तो पेस्ट लगाउदा अनुहार सफ र चम्किलो देखिन्छ ।

कागती: कागतीको रसलाई दहीमा मिलाएर अनुहारमा लेप लगाएर १५ मिनेटपछि पखाल्दा अनुहार सुन्दर देखिन्छ । कागतीको साईट्रिक एसिडले अनुहारको छालाको कोष मजबुत बनाउछ ।

अनुहारको छाला सुत्ने पोजिसनमा पनि निर्भर हुन्छ । घोप्टो परेर सुत्दा गाला दर्दराउने भएकोले उत्ताने परेर सुत्न विज्ञहरुले सुझाब दिएका छन् ।


(एजेन्सीको सहयोगमा)


क्याटेगोरी : टिप्स, सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ