२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्सजाडोमा निमोनियाबाट कसरी बच्ने ?

जाडोमा निमोनियाबाट कसरी बच्ने ?


अहिले सिङ्गो विश्व नै कोभिड-१९ संक्रमणका कारण त्रसित छ । दिनानुदिन बढ्दै गएको संक्रमितको संख्या चिन्ताको विषय हो । स्वास्थ्य विज्ञहरुका अनुसार कोभिडबाट बच्न सबैले कोभिड–१९ को उपयुक्त आचरणलाई निरन्तरता दिनुपर्छ । यसबाहेक यो जाडो मौसम भएकाले यस मौसममा हुने अन्य धेरै रोगहरुबाट पनि सबैले सावधानी अपनाउनुपर्छ । जाडो मौसममा मानिसमा निमोनियाको जोखिम बढ्दै गएकोमा पनि सचेत हुन जरुरी छ ।

जाडोमा निमोनिया हुने गरेको स्वास्थ्य विज्ञहरु बताउँछन् । किनभने जाडो मौसममा फ्लू जस्ता श्वासप्रश्वासको भाइरल इन्फेक्सन बढी हुने गरेको छ। यसले निमोनियाको जोखिम बढाउँछ। मुख्यतया ब्याक्टेरिया, भाइरस र फंगसले गर्दा हुने संक्रमणले निमोनिया निम्त्याउँछ। ब्याक्टेरियाले धेरैजसो फोक्सोको संक्रमणलाई ट्रिगर गर्छ। ब्याक्टेरियल निमोनिया फ्लू वा कोभिड-१९जस्ता भाइरल संक्रमण जटिलताको रूपमा पनि हुन सक्छ। यसबाट बच्न मानिसहरूले विशेष सावधानी अपनाउन आवश्यक छ।

कोभिड र निमोनियाको समस्याको जोखिम कसलाई बढी ?

कोरोनाभाइरसबाट संक्रमितहरूलाई निमोनियाको जोखिम बढेको र यसले गम्भीर जटिलताहरू निम्त्याउन सक्ने अध्ययनहरूले सुझाव दिएको छ । सन् २०२० मा गरिएको एक अध्ययनले केही मानिसहरूलाई कोभिड निमोनियाको उच्च जोखिम हुनसक्ने देखाएको छ। ती मध्ये

  • सबैभन्दा बढी जोखिम६५ वर्ष वा सो भन्दा माथिका छन्।
  • मुटु वा सेरेब्रोभास्कुलर रोग भएका मानिसहरू।
  • शरीरमा कार्डियक ट्रोपोनिनको उच्च स्तर बढी हुनु, (यो एक यस्तो प्रोटीन हो जसले मुटुको चोटलाई संकेत गर्छ)।
  • श्वासप्रश्वासको समस्याबाट पीडित मानिसहरु ।

यसका लक्षण

  • खोकी
  • थकान
  • ज्वरो
  • श्वास  फेर्न असजिलो
  • खकार
  • टाउको दुखाई

निमोनियाबाट सावधान रहनुहोस्

  • घरेलु उपचारले मात्रै निमोनियाको उपचार गर्न नसकिने स्वास्थ्य विज्ञहरू बताउँछन् । यसका लागि चिकित्सकसँग सम्पर्क गरेर औषधी लिनु पर्ने हुन्छ। यद्यपि, औषधीसँगै केही घरेलु उपचारहरू प्रयोग गर्दा यसको लक्षणहरू प्रभावकारी रूपमा व्यवस्थापन गर्न मद्दत गर्न सक्छ। तर, यदि तपाईलाई निमोनियाको समस्या छ र तपाई यसको उपचार गराइरहेका हुनुहुन्छ भने डाक्टरको सल्लाहबिना अरु कुनै उपायलाई प्रयोगमा ल्याउनु हुँदैन।

निमोनियाबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्य विज्ञहरू बताउँछन्। सामान्यतया निमोनिया गराउने ब्याक्टेरिया र भाइरसहरूलाई सरसफाइका नियमहरू पालना गरेर टाढा राख्न सकिन्छ। त्यसैले, बारम्बार हात धुने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने जस्ता उपायहरूलाई ध्यानमा राख्नु प्रभावकारी हुन सक्छ। निमोनिया फोक्सोको संक्रमण भएकाले जाडो मौसममा निमोनिया बढी हुने भएकाले चिसोबाट बच्न पनि यो आवश्यक मानिन्छ ।

यी घरेलु उपायबाट राहत पाउन सकिन्छ

बिरामीको अवस्थाअनुसार उपचार पद्धति फरक फरक हुन्छ। केहीलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ भने केहीलाई औषधि दिएर घर पठाउन सकिन्छ। अवस्था सामान्य भएकाहरूलाई भने घरमै सामान्य हेरविचार गरेर राख्न सकिन्छ।

निमोनिया लाग्नुको कारणको आधारमा डाक्टरहरूले संक्रमणको उपचारको लागि औषधी लेख्छन्। औषधी बाहेक संक्रमण कम गर्न नुन पानीको कुल्ला गर्ने र धुम्रपानबाट टाढा रहँदा पनि तपाइको लक्षणहरू छिटो कम हुन् सक्छ। त्यसबाहेक पुदीना चिया पिउनाले निमोनियाको कारणले छाती पोल्ने र जमेको खकारलाई बाहिर निकाल्न निकै फाइदाजनक हुन्छ। पुदिनामा डिकन्जेस्टेन्ट, एन्टी-इन्फ्लेमेटरी र दुखाइ कम गर्ने गुणहरू छन् जसले निमोनियाको समस्यालाई कम गर्न मद्दत गर्ने विभिन्न अध्ययन र अनुसन्धानले देखाएको छ।

– एजेन्सी


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ