२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यसधै स्वस्थ रहन गर्नुहोस् ताडासन

सधै स्वस्थ रहन गर्नुहोस् ताडासन


 ताडासन वा माउन्टेन पोज योगको आधारभूत आसन मध्ये एक हो। ताडासन योग दुई संस्कृत शब्दहरुबाट बनेको छ। ‘ताड’ को अर्थ हो ‘पर्वत’ र ‘आसन’ को अर्थ ‘मुद्रा’ हो, अर्थात यो आसन को मतलब पहाडको मुद्रा मा हुनु हो। ताडको रूख जस्तै लम्बवत् रूपमा माथितिर शरीरलाई तन्काउने अभ्यासलाई ताडासन भनिन्छ ।

यद्यपि यो यो आसन अभ्यास गर्न सजिलो र सरल हुनुका साथै स्वास्थ्यका लागि एकदमै लाभदायिक मानिन्छ।

अभ्यास विधि

दुवै खुट्टालाई जोडेर दुवै हातलाई शरीरको दुवैतर्फ राखी सतर्क अवस्थामा उभिनुहोस् । दुवै हातका औँलाहरूलाई कैँची पारी एकआपसमा कसेर हत्केलाले नाभिमा छुने गरी राख्नुहोस् ।

अब बिस्तारै श्वास लिँदै हातलाई माथि उठाउँदै टाउकाको माथि पारी खुट्टाको पञ्जाले टेकेर सम्पूर्ण शरीरलाई तनक्क तन्काउनुहोस् ।

यही अवस्थामा शरीरलाई सन्तुलित राख्नुहोस् ।

विस्तारै श्वास छोडदै हातलाई तल ल्याई पुरै पैतालाले जमिनलाई छुने गरी पहिलेकै अवस्थामा फर्किनुहोस् । यसलाई तीन पटकसम्मअभ्यास गर्नुहोस् ।

फाइदा

  • ताडासनको अभ्यासले हातखुट्टाको नसा र मांसपेशीलाई सबल पार्छ ।
  • बढ्दो उमेरका व्यक्तिहरूले नियमित रूपले यो आसनको अभ्यास गरेमा शरीरको उचाइ बढाउनसमेत मदत पुग्छ ।
  • हातगोडा झम्झमाउने, जिउ दुख्ने, आलस्यपन बढ्नेलगायत हाडजोर्नी र नसाका समस्याहरूमा पनि यो आसनले फाइदा
    गर्छ ।
  • लामो समयसम्म कुर्सीमा बसेर काम गर्ने व्यक्तिले अफिसमै पनि यो आसन गर्दा तनाव कम गर्न र ढाड दुख्ने समस्यामा फाइदा गर्छ ।
  • योग ध्यान पनि हो। यो आसनले तपाइँको चेतनासँग सम्बन्धित मानसिक जागरूकता बढाउन मद्दत गर्दछ।
  • साथै यो एकाग्रता सुधार गर्न प्रभावकारी छ।

सावधानी

यद्यपि यसको अभ्यास प्राय सबै उमेरसमुहका लागि सुरक्षित छ। तर, केहि स्वास्थ्य समस्या भएका मानिसहरुले भने यो आसनको अभ्यास गर्दा सावधान रहनु पर्दछ। कम रक्तचाप भएका मानिसहरुले यो आसन गर्नु हुँदैन।  यदि तपाई गर्भवती हुनुहुन्छ भने यो योग आसन प्रशिक्षकद्वारा निर्देशनअनुसार मात्रै गर्नुहोस्।

  • राष्ट्रिय योगा विकासक्रमबाट

 


क्याटेगोरी : अन्य
ट्याग : #ताडासन, #योगा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ