२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठटिप्सब्रेकफास्टमा के खाने, कसरी खाने ?

ब्रेकफास्टमा के खाने, कसरी खाने ?


अनुश्री आचार्य
न्युट्रेशनिस्ट तथा कार्यकारी निर्देशक
न्युट्रिशन क्योर नेपाल

विहान उठ्ने बित्तिकै शरीर अन्य समयको तुलनामा गलेको, थकान वा कमजोर महसुुस हुन्छ । हामी सुत्दा हाम्रो शरीरका सम्पूर्ण भाग निष्क्रिय रहने भएकोले रातभरिका पर्याप्त निन्द्राका बाबजुद पनि बिहान उठ्दा हामीलाई यस्तो हुने गर्दछ । निन्द्राको समयमा शरीरका बाहिरी भागहरु निष्क्रिय रहेतापनि भित्री भागहरुले भने एकैनासले काम गरिरहेका हुन्छन् ।

रातभरि सुताइको कारण केही नखाने भएकोले शरीरले गर्नुपर्ने सम्पूर्ण प्रक्रिया (खाना पचाउने काम) गरिसकेको हुन्छ । अर्थात्, हामी विहान उठ्दा हामीले खाएको सम्पूर्ण खानामध्ये आवश्यक खाना फिल्टर गरेर अनावश्यक खाना फोहोरको माध्यमबाट निस्किनको निम्ति तयार भइसक्छ । त्यसैले विहानको समयमा हामीले हाम्रो पेट खाली भएको महसुस गर्दछौं ।

विशेषतः विहान खाएको खानाले हाम्रो शरीरलाई दिनभरि उर्जा दिने काम गर्दछ । विहान उठेपश्चात् हाम्रो शरीरले सबै खानाहरु पचाउने भएकोले हाम्रो पेट खाली हुने गर्दछ । तसर्थ, यस समयमा हामीलाई मन लागेको खानाभन्दा पनि हामीले शरीरलाई आवश्यक खानाहरु खानुपर्दछ । दिनभरि हाम्रो शरीरमा स्फूर्ति जगाई राख्न पनि बिहानको खाना खादा हामीले विशेष ध्यान दिनुपर्दछ । विहानको खानाको निम्ति आवश्यक खाना के–के हो त ? हामीले विहानको समयमा कस्तो खाना खानुपर्छ ?

  • उठ्ने वित्तिकै २ देखि ३ गिलास मनतातो पानी पिउने ।
  • उठ्ने बित्तिकै मसालेदार खाना नखाने ।
  • चियाको सट्टामा खाली पेटमा रुची र स्वास्थ्य स्थितीअनुसार बेसार पानी, धनियाँको जुस, हटलेमन, मेथी पानी वा कागती पानी पिउने ।
  •  पानी पिएको ३० मिनेट जतिमा ब्रेकफास्ट लिने ।
  • बिहानको समय ब्रेकफास्ट नगरी सिधैं खाना नखाने ।
  • ब्रेकफास्टमा बिस्कुट वा फ्रुट केकको सट्टामा रोटी तथा पाउरोटी १ देखि २ वटा समावेश गर्ने ।
  • ब्रेकफास्ट लिएको करिब १ देखि २ घण्टाको अन्तरालमा खाना खाने ।
  • खाना खानुभन्दा आधा घण्टा अगाडि पानी पिउने ।

हामी नेपालीको खानामा सामान्यतयाः दाल, खाना र तरकारी हुने गर्दछ । जुन स्वास्थ्य स्थितीको हिसाबले पनि उचित मानिन्छ । तर, साधारणतयाः हामीहरु प्रत्येकको घरमा तरकारी पकाउदा आलु पनि मिसाउने बानी रहेको हुन्छ । आलु खानु गलत नभएतापनि यसमा रहेको कार्बोहाइडेडका कारण यसको धेरै सेवन गरेमा ब्यक्तिमा मोटोपनको समस्या देखिन सक्ने हुन्छ ।

तसर्थ, हामीले बिहानको खानामा, खानाभन्दा तरकारीको मात्रा बढी समावेश गर्नुपर्दछ । यसैगरी आलु मिश्रण तरकारीबाहेक पनि अन्य एक हरियो तरकारी अर्थात् सागसब्जी तरकारीको पनि समावेश गरेमा यसबाट स्वास्थ्यलाई लाभ हुने हुन्छ ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ