२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठटिप्समधुमेहका बिरामीले खान नहुने यी ६ फलफूल

मधुमेहका बिरामीले खान नहुने यी ६ फलफूल


विश्वभर मधुमेहका बिरामीको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । आजको समयमा मधुमेहको समस्या सामान्य बन्दै गएको छ । यो निको नहुने रोग हो तर खानपानमा नियन्त्रण र जीवनशैली परिवर्तन गरेर रगतमा चिनीको मात्रा सामान्य बनाउन सकिन्छ ।

यस रोगको कुनै उपचार छैन तर डाक्टरहरूले रक्त शर्करा (ब्लड सुगर)को स्तर सुधार गर्न अपनाउन सकिने धेरै तरिकाहरू सुझाव दिन्छन् । फलफूललाई स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर केही फलफूल खाँदा मधुमेहको समस्या बढ्न सक्छ ।

मधुमेहका बिरामीलाई मिठाई खान निषेध गरिएको छ । स्वास्थ्य विज्ञहरूले मधुमेह रोगीहरूलाई सधैँ ताजा फलफूल र तरकारी खाने सल्लाह दिन्छन् ।

प्रायः मधुमेहका रोगीहरू मीठो फलहरूमा कुन फलफूल फाइदाजनक हुन्छन् र कुन फलले उनीहरूको चिनीको मात्रा बढाउन सक्छ भन्ने भ्रममा हुन्छन् । यस्तो अवस्थामा आज हामी मधुमेह रोगीका लागि कुन फलफूल हानिकारक साबित हुन सक्छ भनी बताउनेछौँ ।

आँप

आँपलाई फलफूलको राजा मानिन्छ । तर मधुमेह रोगीले भने आँप धेरै खान हुँदैन । आँपमा चिनी पाइन्छ । जसले रगतमा चिनीको मात्रा द्रुत रूपमा बढाउन सक्छ । त्यसैले मधुमेहका रोगीले सकेसम्म आँप नखाने र खाइहाले पनि थोरै मात्रामा खानुहोस् ।

केरा

मधुमेह भएका व्यक्तिले पाकेको केरा थोरै मात्रामा खानुपर्छ । यसको ग्लाइसेमिक इन्डेक्स उच्च हुन्छ । जसले रगतमा चिनीको मात्रा बढाउन सक्छ ।

भुइकटर

भुइकटर  प्राकृतिक रुपमा चिनीको समृद्ध स्रोत हो । यसबाहेक भुइकटहरमा कार्बोहाइड्रेट पनि पाइन्छ । जसले मधुमेह रोगीलाई समस्या निम्त्याउन सक्छ । त्यसैले यो फल सीमित मात्रामा मात्र खानुहोस् ।

अङ्गुर

मीठो र अमिलो अङ्गुरमा पौष्टिक तत्त्व प्रशस्त मात्रामा पाइन्छ । तर यदि तपाई मधुमेह रोगी हुनुहुन्छ भने त्यसलाई आफ्नो आहारमा अङ्गुर सामेल नगर्नुहोस् वा कहिलेकाहीँ थोरै मात्रामा अङ्गुर खानुहोस् ।

खरबुजा

खरबुजा स्वास्थ्यका लागि निकै राम्रो फल हो । गर्मीमा मानिसहरू यसलाई खान मन पराउँछन् तर यसमा चिनीको मात्रा बढी हुन्छ । जुन मधुमेहका बिरामीका लागि हानिकारक हुन्छ । त्यसैले यसलाई कम खाने सल्लाह दिइन्छ ।

लिची

मधुमेहका बिरामीले लिची खानु हुँदैन । वास्तवमा यसमा चिनीको मात्रा धेरै हुन्छ । जुन मधुमेहका लागि हानिकारक हो । यसले रगतमा चिनीको मात्रा द्रुत रूपमा बढाउँछ । त्यसैले मधुमेह रोगीहरूलाई यो फलबाट टाढा रहन सल्लाह दिइन्छ ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ