२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठटिप्सस्तन क्यान्सरको ५ सुरुवाती लक्षणहरू

स्तन क्यान्सरको ५ सुरुवाती लक्षणहरू


स्तन क्यान्सरबाट बच्न सबैभन्दा महत्त्वपूर्ण कुरा यसको प्रारम्भिक लक्षणहरू पहिचान गर्न सक्षम हुनु हो । यदि केही प्रारम्भिक लक्षणहरूको राम्ररी पहिचान भयो भने स्तन क्यान्सरलाई धेरै हदसम्म रोक्न सकिन्छ ।

विश्वभर हुने कुल क्यान्सरहरू मध्ये ३०% भन्दा बढी हुने क्यान्सर स्तन क्यान्सर हो । यससँगै स्तन क्यान्सरबाट हुने उच्च मृत्युदर पनि विश्वभरका महिलाका लागि ठुलो चिन्ताको विषय बनेको छ । तर, स्तन क्यान्सरको कुरा गर्ने हो भने यो क्यान्सरका लक्षणहरू अन्य क्यान्सरको तुलनामा धेरै पहिले देखि देखिन थाल्छन् ।

यदि समयमै यिनीहरूलाई राम्ररी अध्ययन गरियो भने यसले मृत्युको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्न सक्छ । किनभने स्तन क्यान्सरमा मृत्युको कारण प्रायः लक्षणहरूलाई बेवास्ता गर्नु हो । स्तन क्यान्सरको प्रारम्भिक लक्षणमा हुन सक्ने ५ लक्षणहरूको बारेमा तल चर्चा गरिएको छ ।

निप्पलमा जलन अनुभूति

निप्पल जलनको धेरै अन्य कारणहरू हुन सक्छ । तर निप्पल जलन पनि स्तन क्यान्सरको एक लक्षण हो । यसबाहेक निप्पलहरू हट्नु, निप्पलहरूमा चिलाउने र रातो दागहरू देखिने स्तन क्यान्सरका सामान्य लक्षण हुन् ।

स्तनमा गाँठो

सामान्यतया स्तन क्यान्सर स्तनमा गाँठो बनेर सुरु हुन्छ । स्तनमा कुनै प्रकारको गाँठो आएको छ भने ढिलाइ नगरी डाक्टरलाई सम्पर्क गर्नुहोस् ।

स्तन आकारमा परिवर्तन

यदि स्तनमा अचानक परिवर्तनहरू देखिएको छ भने यो स्तन क्यान्सर तिर लाग्दै छ । भन्ने सङ्केत हुन सक्छ । जस्तै स्तनको आकारमा असमानता हुनु, स्तनको आकार एकतर्फ घट्नु स्तन क्यान्सरको लक्षणहरू पनि हुन ।

स्तनमा दुखाई वा असुविधा

स्तन छुँदा कुनै पनि प्रकारको दुखाइ हुन्छ भन ढिलो नगरी डाक्टरसँग परामर्श लिनु पर्छ । किनभने क्यान्सर सुरुमै रोकिएमा यो समस्या धेरै हदसम्म कम गर्न सकिन्छ ।

निप्पलबाट तरल पदार्थ बग्नु

गर्भावस्था बिना नै स्तनबाट पानी वा अन्य कुनै तरल पदार्थ निस्किरहेको छ भने यो स्तन क्यान्सरको जोखिममा रहेको सङ्केत हो । यदि कुनै पनि प्रकारको अनावश्यक तरल पदार्थ देख्नुभयो भने ढिलाइ नगरी डाक्टरलाई सम्पर्क गर्नुहोस् ।

–एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ