२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठटिप्समृगौला खराब हुने ५ सङ्केतहरू

मृगौला खराब हुने ५ सङ्केतहरू


मृगौला हाम्रो शरीरको एक महत्त्वपूर्ण अङ्ग हो । जसले रगतलाई शुद्ध पार्नुका साथै शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने काम गर्छ । मृगौलालाई रोगबाट जोगाउन यसको प्रारम्भिक लक्षणहरूमा ध्यान दिनु आवश्यक हुन्छ । पिसाबसँग सम्बन्धित केही लक्षणहरू मृगौला खराब हुँदाको सुरुको अवस्थामा पनि देखिन्छन् ।

मृगौला स्वस्थ रहनु जरुरी छ । मृगौलासँग सम्बन्धित कुनै समस्या भएमा जतिसक्दो चाँडो उपचार गर्नुपर्छ । मृगौला फेल भएमा दुखाइ मात्र होइन अन्य धेरै लक्षण पनि देखिन सकिन्छ जसमध्ये केही पिसाबसँग सम्बन्धित पनि हुन सक्छन् । पिसाबमा केही विशेष परिवर्तनले मृगौला खराब भएको सङ्केत गर्दछ । जसको चर्चा तल गरिएको छ ।

थोरै पिसाब

मृगौलाको यो लक्षण बुझ्दा अलिकति सावधानी अपनाउनुपर्ने हुनसक्छ । कम पिसाब लाग्नुका अन्य धेरै कारण हुन सक्छन् । जस्तै पानी कम पिउनु वा धेरै तातो हुनु । तर पर्याप्त पानी पिउनुहुन्छ र धेरै गर्मी छैन भने, कम पिसाब लाग्नु मृगौला सम्बन्धित रोगको सङ्केतहरू हुन सक्छ । यस्तो अवस्थामा जतिसक्दो चाँडो चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।

फोमयुक्त पिसाब

यदि पिसाबमा अत्यधिक फोम बन्न थालेको महसुस गर्नुहुन्छ भने यो पिसाबमा प्रोटिनको सङ्केत हुन सक्छ । जुन मृगौला रोगको सङ्केत हो । मृगौलाले प्रोटिन फिल्टर गर्छ, तर शरीरभित्र राख्छ । यदि पिसाबमा प्रोटिन निस्किरहेको छ भने यो गम्भीर मृगौला रोगको सङ्केत हुन सक्छ ।

राति बारम्बार पिसाब लाग्नु

बारम्बार पिसाब लाग्नु पनि मृगौला बिग्रिएको सङ्केत हुनसक्छ । पिसाब गर्न बारम्बार उठ्नु, विशेष गरी राती मृगौला बिग्रिएको सङ्केत गर्दछ । वास्तवमा, जब मृगौला फिल्टरहरू क्षतिग्रस्त हुन्छन् । तब बारम्बार बारम्बार पिसाब लाग्दछ । तर, पिसाब नलीको सङ्क्रमण वा प्रोस्टेट ग्रन्थिसँग सम्बन्धित समस्याका कारण पनि यी लक्षणहरू देख्न सकिन्छ ।

पिसाबमा दबाब

मृगौला सम्बन्धी समस्यामा केही लक्षणहरू पिसाब सँग सम्बन्धित छन् । जसलाई पत्ता लगाउन अलिकति गाह्रो हुन सक्छ । तर यसले प्रत्यक्ष रूपमा मिर्गौला खराब भएको सङ्केत गर्छ । मिर्गौला बिग्रिएको छ भने पिसाब गर्ने इच्छा बढ्छ र यसले पिसाबको समयमा तीव्र दबाब निम्त्याउँछ । यदि समयमै पिसाब गर्दै हुनुहुन्छ र कम पिसाब गर्दा पनि दबाब महसुस गर्दै हुन्छ भने एक पटक अवश्य चिकित्सकलाई सम्पर्क गर्नुहोस् ।

पिसाबको रङ्गमा परिवर्तन

यो एक लक्षण हो । जसले सामान्यतया मृगौला सम्बन्धित गम्भीर रोगहरूलाई सङ्केत गर्छ । पिसाबको रङ्गमा कुनै पनि परिवर्तन मृगौला सम्बन्धित रोगहरूको सङ्केत हुन सक्छ । खास गरी यदि पिसाबको रङ्ग धेरै रातो छ र त्यहाँ दुर्गन्ध छ भने एक पटक आफ्नो डाक्टरसँग कुरा गर्नुहोस् । तर, कहिलेकाहीँ पिसाबको रङमा परिवर्तन हुनुको कारण पनि पिसाबमा सङ्क्रमण पनि हुन सक्छ ।

–एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ