२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठटिप्सअनुहारमा डन्डिफोर आउने ५ कारणहरू

अनुहारमा डन्डिफोर आउने ५ कारणहरू


डन्डिफोर छालाको सामान्य समस्या हो । अनुहारमा आउने डन्डिफोरका फरक फरक नामहरू छन् जसलाई पिम्पल वा एक्ने पनि भन्ने गरिन्छ । डन्डिफोरका समस्याले जो कोहीलाई पनि असर गर्न सक्छ । विश्वमा करिब १०% जनसङ्ख्या यसबाट प्रभावित छन् ।

अनुहारमा डन्डिफोर आउने विभिन्न कारणहरू छन् । असन्तुलित तथा अस्वस्थ खानपानले हाम्रो स्वास्थ्यलाई मात्र असर नगरी यसले हाम्रो छालालाई पनि असर गर्ने अनुसन्धानले देखाएको छ । डन्डिफोरको विकासमा आहारले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । बारम्बार डण्डीफोरले सताउने केही कारणहरूको चर्चा तल गरिएको छ ।

चिनी

चिनीको अत्यधिक मात्रा प्रयोग हाम्रो स्वास्थ्यको लागि धेरै हानिकारक छ । स्वास्थ्य बाहेक यो हाम्रो छालाको लागि पनि हानिकारक मानिन्छ । चिनी बढी भएको खानेकुरा खाँदा पिम्पल्सको सम्भावना बढ्छ । उच्च चिनीको मात्रा भएको खानाले इन्सुलिनको स्तर बढाउन सक्छ । जसले छालामा तेलको मात्रा बढाउँछ । अधिक तेलको कारण सेबमको उत्पादन हुन्छ । जसले पिम्पल्स, अवरुद्ध छिद्र र सुनिने सम्भावना निम्त्याउँछ ।

चकलेट

मानिसहरू धेरै चकलेट खान मन पराउँछन् । यसलाई सीमित मात्रामा खाँदा कुनै हानि हुँदैन । तर धेरै मात्रामा खाँदा यसले स्वास्थ्यलाई मात्र नभई छालालाई पनि हानि पुर्‍याउँछ  । धेरै चकलेट खाँदा पिम्पल आउन सक्छ । यस्तो अवस्थामा चकलेट धेरै खान हुँदैन । तर डन्डिफोर पनि नियन्त्रण गर्न चाहनुहुन्छ भने चिनी र दूध कम भएको डार्क चकलेट तपाईँको लागि राम्रो विकल्प हुन सक्छ ।

कफीको अत्याधिक सेवन

धेरै कफी पिउनाले स्वास्थ्यमा मात्र नभई छालामा पनि प्रतिकूल प्रभाव पार्छ । जुन कुरा धेरै अध्ययनहरूले देखाएको छ । धेरै क्याफिनले शरीरमा तनाव प्रतिक्रिया बढाउँछ । तनाव हर्मोनको बढ्दो उत्पादनले तेल उत्पादन बढाउँछ र डन्डिफोर निम्त्याउँछ ।

जङ्क फुड

हामी सबैलाई थाहा छ । जङ्क वा फास्ट फूडले हाम्रो छालाको स्वास्थ्यमा धेरै हानि र प्रभाव पार्छ । फास्ट फुडमा पाइने अत्याधिक तेल र चिनीले डन्डिफोर जस्ता गम्भीर समस्या निम्त्याउन सक्छ । पिज्जा, बर्गर, सोडा, उच्च चिनीयुक्त पेय पदार्थ र अन्य धेरै जङ्क फूडहरूमा संतृप्त फ्याट र प्रशोधित सामग्री उच्च हुन्छ । जसले हर्मोन र रक्त शर्करा (ब्लड सुगर)को स्तरलाई असन्तुलन गर्न सक्छ ।

डेरी उत्पादन

दूध डन्डिफोर को मुख्य कारणहरू मध्ये एक हो । धेरै अध्ययनहरूले दूधबाट बनेका उत्पादनहरू र किशोरहरूमा डन्डिफोर को गम्भीरता बिचको सम्बन्ध फेला परेको बताएका छन् ।

यद्यपि, दूधले कसरी डन्डिफोर निम्त्याउँछ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन । केही अध्ययनहरूले डेरी उत्पादनहरूले इन्सुलिनको स्तर बढाउन सक्ने बताउँछन् । जसले अनुहारमा डन्डिफोर निम्त्याउन सक्छ ।

जागरणबाट भावानुवाद


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ