२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठटिप्सयी ५ आयुर्वेदिक खानेकुरा, जसले राख्छ धेरै रोगबाट टाढा

यी ५ आयुर्वेदिक खानेकुरा, जसले राख्छ धेरै रोगबाट टाढा


आयुर्वेद एक चिकित्सा प्रणाली मात्र होइन यो हाम्रो जीवन जिउने कला पनि हो । जसमा मानिस कसरी स्वस्थ रहन सकिन्छ भन्ने कुराको विस्तृत वर्णन गरिएको छ । यसै क्रममा आयुर्वेदका अनुसार केही खाद्य पदार्थलाई सुपरफुडको श्रेणीमा राखिएको छ । जसको मतलब यी चीजहरू खाँदा स्वास्थ्य मात्र फिट रहँदैन, धेरै  रोगहरू पनि टाढा रहन्छन् । यस्ता ५ चिजको नाम बताइएको छ जसको दैनिक उपभोग गर्दा आफूलाई स्वस्थ र तन्दुरुस्त राख्न सक्नुहुन्छ ।

अमला

भिटामिन सी भरपुर भएको अमला स्वास्थ्यको लागि अमृत जस्तै हो । आयुर्वेदका अनुसार यसलाई त्रिदोषको संहारकको रूपमा वर्णन गरिएको छ । अर्थात् यसको नियमित सेवनले हाम्रा तीन दोष बाथ, पित्त र कफलाई कम गर्न सकिन्छ । यसका साथै अमलामा एन्टी एजिङ गुण पनि पाइन्छ । जसले हाम्रो शरीरमा बढ्दो उमेरको असरलाई कम गर्छ । यसको नियमित सेवनले मोटोपना हटाउँछ र आँखाको ज्योति बढ्छ ।

अनार

अनारसँग जोडिएको एउटा भनाइ त तपाईँले सुन्नु भएको होला– ‘एक अनार सय बिमारी ।’ जसको अर्थ एउटै अनारले सयौँ प्रकारका रोग निको पार्न सक्छ । फाइबर, भिटामिन र धेरै मिनरल्सले भरिपूर्ण अनार खानुका धेरै फाइदाहरू छन् । हरेक बिहान १ वटा अनार खाँदा हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । यसका साथै सुगर र रक्तचाप पनि नियन्त्रणमा रहन्छ । यस बाहेक दैनिक अनार खाँदा छालामा चमक आउँछ र चाउरी हट्छ ।

घिउ

घिउ खाने चलन भारतीय परम्परामा लामो समयदेखि चलिआएको छ । खानाको स्वाद दोब्बर बनाउने घिउ स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ । दैनिक २–३ चम्चा घिउ खानासँगै खाँदा खानाको ग्लाइसेमिक इन्डेक्स कम हुने एक अनुसन्धानमा प्रमाणित भएको छ । जसले मधुमेह जस्ता रोगबाट बच्न निकै मद्दत गर्छ ।

मह

महलाई आयुर्वेदमा धेरै राम्रो खानाको सूचीमा राखिएको छ । यसलाई दैनिक खाँदा धेरै फाइदा हुन्छ । महमा पाइने पोलिफेनोल नामक तत्त्व ठुलो एन्टिअक्सिडेन्ट हो । यदि तपाई आफ्नो तौललाई लिएर चिन्तित हुनुहुन्छ भने दैनिक १–२ चम्चा मह सेवन गर्न थाल्नुहोस् । बढेको तौल केही समयमै कम हुन्छ । आजभोलि बजारमा धेरै प्रकारका मिसावट मह बिक्री भइरहेका छन् । त्यसैले पूर्ण फाइदाका लागि राम्रो गुणस्तरको प्राङ्गारिक मह मात्रै खरिद गर्नुहोस् ।

सुख्खा फलहरू

आयुर्वेदमा ड्राई फ्रुट वा नट्स खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । विभिन्न भिटामिन, मिनरल्स र ओमेगा–३ फ्याटी एसिड जस्ता तत्त्वहरूले भरिपूर्ण ड्राई फ्रुटको सेवनले हाम्रो समग्र स्वास्थ्यलाई स्वस्थ राख्छ । यस बाहेक सोडियम, पोटासियम र म्याग्नेसियम जस्ता तत्त्वले भरपुर ड्राई फ्रुटको सेवनले मुटु रोग, मधुमेह र मस्तिष्क सम्बन्धी रोग निको हुन्छ ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ