२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठटिप्सयी चार खानेकुरा, जसले महिलालाई बाँझोपनको समस्याबाट टाढा राख्छ 

यी चार खानेकुरा, जसले महिलालाई बाँझोपनको समस्याबाट टाढा राख्छ 


आजकल मानिसले अपनाएको जीवनशैलीका कारण पुरुषसँगै महिलामा पनि प्रजनन क्षमता सम्बन्धी समस्या देखिने गरेको छ । तनाव, डिप्रेसन, चिन्ता, अस्वस्थ खाने बानी, कम निद्रा, लगातार बसेर काम गर्नेजस्ता बानीहरूले पनि महिलामा प्रजनन क्षमतामा समस्या निम्त्याउन सक्छ । आमा बन्ने योजनामा रहेका महिलाहरूले योजना हुनु अगाडी नै स्वस्थ खानपान र स्वस्थ जीवनशैली अपनाउन एकदम जरुरी छ । प्रजनन क्षमता बढाउनका लागि महिलाहरूले यी खानेकुरा सेवन गर्न सक्नुहुनेछ  ।

बदाम

बदाम धेरै स्वस्थ सुख्खा फल हो । यसमा पाइने म्याङ्गनीज, कपर, भिटामिन ई र बायोटिनले महिलामा हुने बाँझोपनको समस्यालाई समाधान गर्छ । यो ड्राई फ्रुटले अण्डाको गुणस्तर सुधार गर्छ । यसको सेवनले बच्चाको विकास पनि राम्रोसँग हुन्छ । नियमित बदामको सेवनले सुत्केरी हुने पीडासमेत कम गराउँछ  ।

हरियो तरकारीले

महिलाहरूले आफ्नो प्रजनन क्षमता सुधार गर्न आहार विहारमा धेरै ख्याल गर्नुपर्छ । प्रजनन क्षमता बढाउन दैनिक खानामा पालक, ब्रोकाउली, काउली लगायतका हरियो तरकारी समावेश गर्नुहोस् । यी सब्जीहरूमा भिटामिन बी र फोलेट उच्च हुन्छ, जसले अण्डाशयलाई सुधार गर्छ ।

सिमी

सिमीले बाँझोपनको समस्या पनि समाधान गर्ने विशेषज्ञहरू बताउँछन् । यदि तपाईँ गर्भधारण गर्ने योजना बनाउँदै हुनुहुन्छ भने सिम खान सुरु गर्नुहोस् । यसमा पाइने प्रोटिन र आइरनले अण्डाशयलाई स्वस्थ राख्छ । उच्च मात्रामा फाइबर र कम बोसोले तौल पनि नियन्त्रणमा राख्छ ।

डेरी उत्पादन

प्रजनन स्वास्थ्यका लागि डेरी उत्पादन लाभदायक मानिन्छ । जसमा पर्याप्त मात्रामा क्याल्सियम पाइन्छ । डेरी उत्पादनले हड्डी स्वस्थ राख्नुका साथै प्रजनन क्षमता पनि बढाउँछ । त्यसैले  दूध, दही, चीज, बटरमिल आदि दुग्धजन्य पदार्थ पिउनुहोस् । यी खानेकुरामा पाइने एक विशेष प्रकारको प्रोटिनले अण्डाको स्वास्थ्यमा सुधार गर्छ । अण्डाशयको काममा सुधार हुन्छ । ओभुलेशनको समस्या पनि हट्छ ।

–एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ