२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठटिप्समुटुको एरिथमियाबाट बच्ने ५ उपायहरु  

मुटुको एरिथमियाबाट बच्ने ५ उपायहरु  


एरिथमिया एक अवस्था हो । जसले मुटुको धड्कनलाई नियन्त्रण गर्छ र राम्रोसँग काम गर्दैन । यो मुटुको कुनै भागमा रगत पम्प गर्न समस्या आउँदा हुन्छ ।  मुटुले रगत पम्प गर्न नसक्दा मुटुको धड्कन असामान्य रूपमा धड्कन थाल्छ या त धेरै छिटो वा ढिलो हुन्छ ।

धेरै परिस्थितिहरूमा मुटुको धड्कन सामान्यतया बढ्छ । जस्तै व्यायाम वा दौडँदा यो चिन्ताको विषय होइन । कहिलेकाहीँ यो अवस्थाले कुनै हानि गर्दैन । तर कहिलेकाहीँ यसले जीवनलाई खतरामा पार्ने समस्या पनि निम्त्याउन सक्छ । त्यसैले सावधानी अपनाउनु जरुरी छ ।

स्वस्थकर खानेकुरा खानुहोस् – आफ्नो खानामा नुन र बोसोको मात्रा कम गर्नुहोस् । आहारमा ताजा फलफूल, सागसब्जी, सम्पूर्ण अन्न समावेश हुने रुटिन बनाउनुहोस् र समावेश गर्नुहोस् ।

धूम्रपान र मद्यपान नगर्नुहोस्

धूम्रपान तथा मद्यपान सेवन स्वास्थ्यका लागि निकै हानिकारक छ । यसले मुटु र फोक्सोसँग सम्बन्धित समस्या बढाउँछ ।

कोलेस्ट्रोलको मात्रा घटाउनुहोस्

कोलेस्ट्रोलले मुटुमा अवरोध पैदा गर्न सक्छ । अवरोधको कारण मुटुले राम्रो सँग काम गर्न सक्दैन । त्यसैले कोलेस्ट्रोल कम राख्ने खानेकुरा खानुहोस् ।

व्यायाम गर्नुहोस्

व्यायामले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । साथै यसले तौल पनि घटाउँछ र कोलेस्ट्रोल पनि कम गर्छ ।

रक्तचाप नियन्त्रण गर्नुहोस्

उच्च रक्तचापले मुटुसँग सम्बन्धित समस्या निम्त्याउन सक्छ । धमनीहरूलाई पनि असर गर्छ । त्यसैले रक्तचाप नियन्त्रण गर्नुहोस् ।

–एजेन्सीको सहयोगमा 


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ