२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठटिप्सकम्मर दुखाइ समस्या छ, के कुरामा ध्यान दिने ?

कम्मर दुखाइ समस्या छ, के कुरामा ध्यान दिने ?


कम्मर दुख्नु कुनै रोग होइन । कम्मर दुखाइ अरु रोगको कारणले देखिने लक्षण हो । विशेषगरी कम्मरको मांशपेशी, हड्डी वा नसामा रोग लाग्दा कम्मर दुख्ने हुन्छ ।

सबै प्रकारको कम्मर दुखाइ अगाडि झुक्दा, कम्मर कसेर बस्दा हुने हुन्छ । त्यसकारण सिधा अगाडि झुक्ने काम सकेसम्म गर्नु हुँदैन् । लामो समय पलेटी कसेर बस्नु हुँदैन् ।

पुजा गर्दा वा रमाइलोको लागि तास खेल्दा सकेसम्म पलेटी कसेर नबस्नु उपयुक्त हुन्छ ।

खानपिनमा ध्यान दिनुपर्ने कुरा

दशैंमा मासु बढी खाने, मसालेदार खाने, मदिरापानजस्ता कुरा बढी खाने गरिन्छ । तर, त्यसलाई सकेसम्म कम गर्नुपर्छ । मासुसँगै पर्याप्त फलफुल, काँक्रो, गाँजर र मुलाजस्ता सलाद खानुपर्छ ।

मदिरापानले नसा च्याप्पिएको रोग बढाइदिने हुँदा मदिरा सकेसम्म कम सेवन गर्नुपर्छ ।

कम्मर दुखाइ ग्यास्ट्राइटिस हुँदा वा कब्जियतले पनि बढ्छ । यस कारण ग्यास्ट्रिक हुने धेरै चिल्लो, पिरो र मसालेदार खाना कम गर्नुपर्छ । ग्यास्ट्राइटिस वा कब्जियत हुन दिनु हुँदैन् ।

खसीको मासुले युरिक एसिडलाई बढावा दिन्छ । त्यसकारण खसीको मासु खाँदा ध्यान दिनुपर्छ । खसीको मासुलाई कटौती गर्नुपर्छ । दैनिक मात्रा अडकेलेर मात्रै खानुपर्छ ।

शारीरिक गतिविधी

दशैंको समयमा पनि दैनिक हिड्ने, नियमित कसरत गर्ने, पानी बढी पिउने र कम्तीमा सात घण्टा सुत्ने गर्नुपर्दछ ।

मासुलगायत मदिराजन्य पदार्थले उच्च रक्तचाप बढाउने, ब्रेन स्ट्रोकको खतरा वृद्धि गर्ने हुँदा उच्च रक्तचाप र मधुमेहका बिरामीले विशेष ध्यान दिनुपर्ने हुन्छ ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ