२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठटिप्सदसैँमा ग्यास्ट्रिकको समस्याबाट टाढा रहने उपाय

दसैँमा ग्यास्ट्रिकको समस्याबाट टाढा रहने उपाय


नेपालीहरूको महान् चाड दसैँ सुरु भइसकेको छ । गाउँ तथा सहरमा दसैँको रौनक देखिएको छ । घर–घरमा पारिवारिक जमघट बढेको छ । आफन्तसँग समय बिताउने, परिवारका सबै सदस्यहरू एकजुट भएर  रमाइलो गर्दै मीठो मसिनो खाएर यो पर्व मनाउने गरिन्छ । विशेष गरी, दसैँमा धेरै घरको भान्सामा मासुका परिकारहरू पाक्छन् । अन्य समयमा भन्दा दसैँका बेला मासुलाई विभिन्न तरिकाले पकाएर फरक फरक स्वादमा खाने गरिन्छ । दसैँमा भुटन तास, सेकुवा, झोल, फ्राई जस्ता मासुका विभिन्न प्रकारका परिकारहरू घर घरमा पाक्ने गर्छन् ।

यस्ता परिकारहरू ज्यादा मसालेदार तथा तेलमा तारिएका हुन्छन् । जसले गर्दा स्वास्थ्यमा  हानी पुर्‍याउन सक्छ । त्यसैले यस्ता परिकारहरू खाँदा सावधानी अपनाउनुपर्ने हुन्छ ।

रोग लाग्नुभन्दा अघि हामीले खानपानमा ध्यान दिन सक्नु सबैभन्दा  उत्तम हुन्छ । ७५ प्रतिशतभन्दा बढी मानिसलाई खानपिनको कारण ग्यास्ट्रिक भएको देखिन्छ ।

अहिले ग्यास्ट्राइटिस नभएको मानिस नेपाली हुन सक्दैन भन्ने गरिन्छ । खानपिनमा सन्तुलन गर्याे भने ग्यास्ट्राइटिसले छुँदैन । वास्तवमा ग्यास्ट्राइटिस रोग नै होइन । तर, यसले दसैँमा धेरैलाई पिरोल्छ ।

ग्यास्ट्रिकबाट बच्न के गर्ने ?

फाइबरयुक्त, भिटामिनयुक्त होलग्रेन्स खाना, क्याल्सियम, एन्टीअक्सिडेन्ट,  माछा, मासु, हरियो सागपात गेडागुडी र अण्डा समय मिलाएर खानुपर्छ । प्रचुर मात्रामा प्रोटिनयुक्त खाना जस्तै माछा, मासु, गेडागुडीले पनि एचपाइलोरी क्रोनिक ग्यास्ट्राइटिसको संक्रमणबाट जोगाउँछ । तर, यसको मात्रा मिलाएर मात्रै खानुपर्छ ।

पर्याप्त मात्रामा दहीको सेवन

दहीको सेवनले ग्यास्ट्रिकलाई राहत दिने चिकित्सकहरू बताउँदै आएका छन् । दहीमा हुने ‘प्रोबायोटिक बटर मिल्क’ले पनि ग्यास्ट्रिकलाई ठिक गर्न सहयोग गर्छ । यसमा पाइने प्रोबायोटिकले भने रोगीलाई राहत प्रदान गर्छ । यद्यपि, दहीको प्रयोग गरेर त्यसले राम्रो गरे मात्र नियमित सेवन गर्नुपर्छ ।

फलफूल तथा सागसब्जीको अत्याधिक सेवन

दसैँमा प्रायजसो हामीले मासुलाई धेरै प्राथमिकतामा राख्ने गर्छौँ । तर, यसो गर्दा सन्तुलित आहार हाम्रो शरीरले पाउँदैन । त्यसैले दसैँमा मासुसँगै फलफूल तथा सागसब्जीलाई महत्त्व दिनुहोस् । अत्याधिक सागसब्जी र फलफूलको प्रयोग गर्नुहोस् । हामीले दैनिक रुपमा कम्तिमा पनि पाँच किसिमको फलफुल तथा सागसब्जीको प्रयोग गर्नु पर्दछ । जब हामीले बिहानको खाना खाजा अन्यमा खन्य खानालाई भन्दा फलफूल तथा सागसब्जीमा विशेष जोड दिन्छौ, तब आम्रो शरीरमा स्वतः सकारात्मक परिवर्तनहरू देखा पर्छ ।

योगा गर्ने

चाडपर्वको समयमा खानपान र जीवनशैलीलाई ध्यान नदिँदा केही समयको गल्तीले जीवनभर स्वास्थ्यमा असर पर्न सक्छ । विशेष गरी दसैँमा घरमै बसी रातदिन नभनी तास खेल्ने, टिभी हेर्ने, मोबाइल ल्यापटप चलाउने बानी पनि धेरैको हुन सक्छ । यसरी निरन्तर एकै ठाउँमा बस्दा शारीरिक व्यायाम कम हुन गई शरीरसम्बन्धी ढाड दुख्ने, टाउको दुख्नेजस्ता समस्या उत्पन्न हुन सक्छन् । त्यसैले यस्ता बानीलाई पछि पार्दै योगा गर्ने बानी बसाल्नुपर्छ  ।
शारीरिक व्यायमले पनि ग्यास्ट्रिकको समस्यालाई धेरै राहत दिन्छ । विशेष गरी चाडपर्वका समयमा धेरैलाई ग्यास्ट्रिकको समस्याले सताउँछ ।

चिल्लो पिरो खाने र योग तथा व्यायम नगर्ने गर्ने हो भने यस्तो समयमा ग्यास्ट्राइटिस बढ्न सक्छ । ग्यास्ट्राइटिस हुँदा बेवास्ता गरियो भने अल्सर, क्यान्सर जस्ता खतरनाक रोग लाग्न सक्छ । दसैँको बेला चिल्लो पिरो नखाने भन्ने असम्भव जस्तै छ । त्यसैले यस्तो अवस्थामा खानपानमा ध्यान दिँदै व्यायम पनि गर्नुभयो भने स्वास्थ्यमा आउने समस्याबाट टाढा रहन सकिन्छ ।

 


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ