२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठटिप्सभोगटे खानुका फाइदाहरू हेर्नुहोस्

भोगटे खानुका फाइदाहरू हेर्नुहोस्


आज देशभर धूमधामका साथ छठ पर्व मनाइँदैछ । विशेषगरी तराई क्षेत्रमा धूमधामका साथ मनाइने यो पर्व पछिल्ला वर्षहरूमा पहाडी क्षेत्रमा पनि उत्तिकै लोकप्रिय हुन थालेको छ । देशका विभिन्न ठाउँहरूमा आज छठी माताको व्रत बसी धूमधामका साथ छठ मनाइरहेका छन्  ।

आजको दिन व्रतालु तथा भक्तजनहरूले विभिन्न केही फलफूललाई विशेष प्रसादको रुपमा लिने प्रचलन रहेको छ । केराका घोगा, नरिवल, भोगटे अनि अन्य फलफूलहरूलाई छठको प्रसादका रूपमा लिने चलन पनि छ ।

 यी मध्ये आजको लेखमा हामीले छठको विशेष प्रसाद भोगटेको बारेमा चर्चा गरेका छौँ । अमिलो र गुलियो स्वादको सम्मिश्रण रहेको भोगटे गोलो र ठूलो आकारको हुन्छ । अहिले यसको सिजन रहेको छ । बजारमा यो सहजै उपलब्ध हुन्छ । यसको सेवनले स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउँछ । आउनुहोस् जानौँ भोगटेको सेवनले स्वास्थ्यमा के–के फाइदा हुन्छ ?

कमजोरीपन हटाउँछ

छठी मैयालाई प्रसादको रूपमा चढाइने भोगटेमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । यसमा पर्याप्त मात्रमा एन्टिअक्सिडेन्टहरू छन्, जसले तपाईँलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्छ । यसले सङ्क्रमणसँग लड्न मद्दत गर्छ । साथै, यसले छाला र कपाललाई पनि सुरक्षित राख्न राख्छ ।

शरीरको विषाक्तता कम गर्छ

शरीरमा रहेको फोहोर हटाउन भोगटेको सेवन गर्नु लाभदायक हुन्छ । यसमा पाइने एन्टिअक्सिडेन्ट र फाइबरले तपाईँको मेटाबोलिज्मलाई बढवा दिन्छ । साथै, यसले दिसाको माध्यमबाट शरीरमा रहेको फोहोर हटाउन सक्छ ।

पाचन प्रणाली बलियो बनाउन

भोगटेमा प्रशस्त मात्रामा भिटामिन सी र फाइबर हुन्छ । जसले तपाईँको पाचन शक्तिलाई बलियो बनाउन सक्छ । साथै, यसले पेटसँग सम्बन्धित अन्य समस्याहरूबाट छुटकारा पाउन सक्छ । मुख्यतया एसिडिटी, पेट दुख्ने जस्ता समस्याहरू हटाउन भोगटेको सेवन गर्न सक्नुहुन्छ ।

तौल घटाउन

भोगटेको सेवनले शरीरको बढ्दो तौललाई घटाउन सकिन्छ । यसमा पाइने फाइबरले भोकलाई नियन्त्रण गर्छ । जसले गर्दा बारम्बार भोक लाग्दैन । यसलाई बिहानको खाजामा सेवन गर्नाले तपाईँको बढ्दो तौल नियन्त्रण गर्न सकिन्छ ।

आँखा स्वस्थ राख्न

आँखाको ज्योति बढाउन भोगटेको सेवन गर्न सकिन्छ । यसमा एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी जस्ता गुणहरू छन् । जसले आँखाको कोशिकाहरूलाई बलियो बनाएर आँखालाई स्वस्थ राख्न प्रभावकारी हुन सक्छ।

नोटः यो लेख एजेन्सीको सहयोगमा तयार पारिएको हो । स्वास्थ्य कुनै पनि समस्या बढ्दै गएको छ भने यस्तो अवस्थामा केही पनि खानेकुरा सेवन गर्नुअघि स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनुहोस्।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ