२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठटिप्सजाडोमा अत्याधिक पिइने यी ३ पेय मिर्गौलाका लागि खतरनाक 

जाडोमा अत्याधिक पिइने यी ३ पेय मिर्गौलाका लागि खतरनाक 


हामीले खाने वा पिउने कुराले हाम्रो स्वास्थ्यमा राम्रो र नराम्रो प्रभाव पार्छ । हाम्रो शरीरका सबै अङ्गहरूलाई स्वस्थ राख्नको लागि सही आहार हुनु आवश्यक छ । आफ्नो आहारमा पौष्टिक खानेकुरा र पेय पदार्थहरू समावेश गर्नपर्छ । जसले हाम्रो शरीरका अङ्गहरूलाई पोषण दिन्छ ।

कतिपय स्वस्थ देखिने खानेकुराले पनि तपाईँको शरीरलाई हानि पुर्‍याउन सक्छ । जसबाट सबैभन्दा पहिले मिर्गौलामा असर पुग्छ । हाम्रो आहारमा पाइने अतिरिक्त पोषक तत्त्वहरू मिर्गौलाले फिल्टर गर्छ । जसका कारण मिर्गौला प्रभावित हुन्छ ।

कहिलेकाहीँ स्वस्थ देखिने पेय पदार्थले पनि हाम्रो मिर्गौलालाई हानि पुर्‍याउन सक्छ । आजको लेखमा हामी जाडोमा धेरै सेवन गरिने केही यस्ता पेय पदार्थको बारेमा बताउन गइरहेका छौँ । जसको अत्यधिक सेवनले मिर्गौलामा सिधै असर पुग्छ । विशेषगरी मिर्गौला सम्बन्धी समस्या भएका मानिसहरूले यी कुराहरू पहिचान गर्नुपर्छ ।

सूप

जाडोमा सुप पिउन सबैलाई मन पर्छ । शरीरमा ताप प्रदान गर्ने यो निकै स्वस्थकर पनि हुन्छ । तर धेरैजसो मानिसहरू घरमा बनाउनुको सट्टा बाहिर रेडिमेड सूपको अत्याधिक रुचि राख्छन् । जसलाई स्वस्थकर विकल्प मानिँदैन । अन्य प्रशोधित खानाहरू जस्तै सूपमा पनि उच्च मात्रामा सोडियम हुन्छ । जसले मिर्गौलालाई असर गर्न सक्छ । विशेष गरी मिर्गौला समस्या भएका मानिसहरूका लागि रेडिमेट तथा प्याकेटको सूपहरू खानु हानी हुन सक्छ ।

कफी

धेरै मानिसहरू कफीको लतमा पर्छन् । उनीहरूलाई एक दिनमा कति कप पिए भनेर समेत ख्याल हुँदैन । विशेषगरी जाडोमा मानिसहरू दिनमा धेरै कप कफी पिउने गर्छन् । कफीमा क्याफिन पाइन्छ, जसले रक्तचाप छिटो बढाउँछ र मिर्गौलामा पनि प्रत्यक्ष असर गर्छ । विशेषगरी मिर्गौला खराब भएको महसुस गर्ने व्यक्तिले चिकित्सकको सल्लाह लिएर मात्रै यसको सेवन गर्नुपर्छ ।

 चिया

मानिसहरूलाई कफीभन्दा चिया बढी मन पर्छ । विशेषगरी जाडो मौसममा मानिसहरूले बढी चियाका पारखीहरू हुने गर्छन् । मानिसहरू बिहान उठेदेखि बेलुका सम्मै चिया पिउन मन पराउँछन् । चियामा पाइने क्याफिन मिर्गौला रोगीका लागि सुरक्षित मानिँदैन । यसबाहेक कालो चियामा पाइने तत्त्वले क्याल्सियमलाई पनि बाँध्छ । जसले मिर्गौलामा पत्थरी हुने खतरा बढाउँछ ।

–एजेन्सीको सहयोगमा 


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ