२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठटिप्सबालबालिकामा निमोनिया हुँदा देखिने ३ लक्षण 

बालबालिकामा निमोनिया हुँदा देखिने ३ लक्षण 


जाडो महिनाको सुरुवात भइसकेको छ । चिसो मौसममा बालबालिकाको स्वास्थ्यको बारेमा धेरै सचेत हुनुपर्दछ । चिसो बढेको बेला बालबालिकामा देखिने सबैभन्दा सामान्य रोग निमोनिया हो । साना बालबालिकालाई यो रोगको बढी जोखिम हुन्छ । बालबालिका मात्रै नभएर रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका वृद्धवृद्धालाई पनि निमोनियाको जोखिम हुन्छ ।

निमोनिया एक सङ्क्रामक रोग हो । यसले हाम्रो फोक्सोलाई असर गर्छ । आज यो लेख मार्फत हामी तपाईँहरूलाई बालबालिकामा देखिने निमोनियाका ३ लक्षणहरू बारे बताउन गइरहेका छौँ । बालबालिकामा निमोनिया हुँदा के कस्ता समस्याहरू देखा पर्छन् भन्नेबारे हेर्नुहोस् ।

उच्च ज्वरो आउनु

जब साना बालबालिका निमोनियाबाट सङ्क्रमित हुन्छन्, उनीहरूलाई धेरै समस्याहरू देखिन्छन् । जसमध्ये एउटा उच्च ज्वरो । निमोनिया चिसोका कारण हुने रोग हो । निमोनियाबाट ग्रसित बच्चालाई लगातार उच्च ज्वरो आउँछ । जुन सङ्क्रमण समाप्त हुने बित्तिकै कम हुन्छ ।

श्वास प्रश्वास तीव्र हुने

निमोनियाबाट पीडित व्यक्तिले धेरै छिटो सास फेर्छ । यस्तो अवस्थामा  फोक्सोले राम्ररी काम नगर्न सक्छ । निमोनियामा फोक्सोले राम्ररी काम गर्न नसक्ने भएकाले बालबालिकालाई छिटो छिटो सास फेर्न थाल्छ । सङ्क्रमणका कारण फोक्सोको धारण क्षमता पनि घट्छ । जसका कारण सास फेर्न निकै छिटो महसुस हुन्छ ।

खोकी

निमोनिया भएका बच्चालाई लामो समयदेखि खोकी लाग्ने समस्या हुन्छ । यो निमोनियाको सबैभन्दा सामान्य लक्षणहरू मध्ये एक हो । निमोनियाबाट हुने खोकीमा धेरै कफ उत्पादन हुन्छ । सामान्यतया डाक्टरहरूले बच्चाहरूमा यो लक्षण स्टेथिस्कोपको मद्दतले आवाज सुनेर वा छातीको एक्स–रे गरेर निदान गर्छन् ।

बालबालिकालाई निमोनियाबाट बचाउने उपाय

बालबालिकालाई खोप लगाउन निश्चित गर्नुहोस् ।
बच्चाको वरिपरि सरसफाइ राख्नुहोस् ।
बच्चालाई चिसोबाट जोगाउन हिटर अथवा अन्य विकल्पहरूको प्रयोग गर्नुहोस् ।
खोक्दा र हाच्छिउँ गर्दा मुख छोप्नुहोस् ।
बच्चालाई झोलिलो आहार दिनुहोस् ।

नोट: यो लेख सामान्य जानकारीका लागि मात्रै हो । लेखमा उल्लेख गरिएका लक्षणहरू अन्य समस्याका कारण पनि हुन सक्छन् । बालबालिकामा स्वास्थ्य समस्या भएमा चिकित्सकसँग परामर्श गर्नुहोस् ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ